१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’

व्यवस्थित बन्दै कान्ति बाल अस्पताल

व्यवस्थित बन्दै कान्ति बाल अस्पताल
अ अ+ अ-

काठमाडौं । कान्ति बाल अस्पतालले शड्ढया अभावमा दिनहुँ बिरामीलाई निजीमा रेफर गर्दै आएको थियो। पछिल्लो एक महिनामा ८४ सिकिस्त बालबालिका रेफर गरिएका थिए। अब भने अस्पतालले गुरुयोजना बनाएर उपचार सेवा व्यवस्थित गर्ने अभियान अघि बढाएको छ। ‘आईसीयूमा बेड नपाएर निजीमा जाने क्रम रोक्न पेडियाट्रिक इन्टरमिडियट केयर युनिट सुरु गरेका छौं’, अस्पतालका निर्देशक डा. आरपी बिच्छाले भने, ‘बेड नपाउँदासम्म उपचार गराउन यो व्यवस्था गरेका हौं।’

यो युनिटमा आठ शड्ढया थप गरिएपछि रेफरमा ७० प्रतिशतले कमी आएको निर्देशक डा. बिच्छाले बताए। यो अस्पतालले मंगलबार ५८ वर्षमा टेकेको छ। २०१९ पुस २२ गते ५० शड्ढयाबाट कान्तिले सेवा सुरु गरेको थियो। २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त भौतिक संरचनाबाट सेवा विस्तारलाई अघि बढाइएको छ। आम्दानी वृद्धि गर्न सेवा विस्तार गरिएको र चुहावट रोक्ने कार्यलाई तीव्रता दिइएको अस्पतालले जनाएको छ। निर्देशकका अनुसार अल्ट्रासाउन्ड सेवालाई चुस्त पारिएको छ।

विगतमा एक दिनमा ३० बिरामीको अल्ट्रासाउन्ड गरिन्थ्यो। बिहान र दिउँसो गरी दुई सत्र सञ्चालनमा ल्याउँदा दैनिक ५० जनाले सेवा लिइरहेका छन्। ‘हामीले जनशक्ति थपेका होइनौं। समयतालिका परिवर्तन मात्र गरेका हौं’, उनले भने, ‘बिग्रिरहने सिटिस्क्यान सेवा पनि नियमित भएको छ।’ अस्पतालमा रक्त सञ्चार सेवा चौबिसै घण्टा उपलब्ध छ। ‘ब्लड बैंक नहुँदा शल्यक्रियाका बेला रगत लिन अन्यत्र जानुपथ्र्यो’, उनले भने, ‘अहिले चौबिसै घण्टा सुचारु गरिएको छ।’ दिनहुँ १० देखि १२ बालबालिकाको शल्यक्रिया हुने गरेको थियो।

अस्पतालले मासिक ५ देखि ६ लाख रुपैयाँ अक्सिजन खरिदमा खर्च गथ्र्यो। ‘काठमाडौं महानगरपालिकासँग सम्झौता गरी अक्सिजन प्लान्ट स्थापना कार्य अघि बढेको छ’, उनले भने, ‘अक्सिजन खरिदमा वर्षको ६८ देखि ७२ लाख खर्च हुन्थ्यो। अब त्यो बचत हुने भएको छ।’ कुरुवाको उचित बसोबासका लागि तीनतले भवन बनाउन लागिएको छ। यसका लागि नेपाल उद्योग वाणिज्य महासंघसँग सम्झौता भएको छ। ‘कुरुवालाई सर्वसुलभ रूपमा खानपिनको व्यवस्था गर्ने सोच छ’, उनले भने।

शल्यक्रियाका लागि पालो कुर्ने समस्या हटाउन पनि प्रयासरत रहेको उनले बताए। अस्पतालमा पाँच जना सर्जन छन्। शल्यक्रिया कक्ष दुईबाट पाँचवटामा विस्तार गर्न लागिएको अस्पतालले जनाएको छ। सर्जिकल वार्डमा २८ शड्ढया रहेकामा ५६ वटा पुर्याउन लागिएको उनले बताए। ५२ शड्ढयाको एकीकृत सघन उपचार कक्ष छ। १४ शड्ढया रहेको इमर्जेन्सीबाट दैनिक १ सय जनाले उपचार सेवा पाइरहेको उनले बताए।

५२ शड्ढयाको सीआईसीयू सञ्चालनका लागि राखिएको कर्मचारी दरबन्दी भने स्वीकृत नहुँदा समस्या भएको छ। स्वास्थ्य मन्त्रालयको निर्देशनमा सेवा सञ्चालनका लागि करारमा ३० स्टाफ नर्स र सातौं तहका तीन जना नर्स भर्ना गरिएको थियो। उनीहरूले राजीनामा दिन थालेपछि सेवाप्रवाहमा असजिलो भएको एक नर्सले बताइन्।

अस्पतालमा जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको निर्देशक डा. बिच्छाले बताए। २० मेडिकल अफिसर र ३० नर्सको खाँचो रहेको उनको भनाइ छ। ‘नमुना अस्पताल बनाउने संकल्प लिएको छु’, उनले भने, ‘यसका लागि सहयोगीको हात र सरकारको साथ चाहिएको छ।’ ३ सय ५० शड्ढया सञ्चालनमा रहेको अस्पतालमा चिकित्सकसहित झन्डै ६ सय कर्मचारी सेवारत छन्। अन्नपुर्णपोष्ट दैनिकबाट