१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’

मानिस जाँच्ने प्रयोगशालामै हात्तीको रोग परीक्षण

मानिस जाँच्ने प्रयोगशालामै हात्तीको रोग परीक्षण
अ अ+ अ-

भरतपुर । सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा गत पुुस ८ गते ३८ वर्षको पूजाकली नामक पोथी हात्ती मर्यो । २०३८ सालमा जन्मिएकी पूजाकली मर्नुको कारण निकुञ्जले अझै सार्वजनिक गर्न सकेको छैन । तत्काल पोस्टमार्टममा खटिनुभएका चिकित्सकहरूको आधार मान्ने हो भने पूजाकलीलाई क्षयरोग भएको थियो । “फोक्सो बिग्रिएको थियो । पीप भरिएको थियो । यो क्षयरोगको लक्षण हो”, निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले भने, “कहिलेकाहीँ निमोनियामा पनि यस्तो देखिन्छ । यसको निक्र्योलका लागि ल्याब टेस्ट गर्न पठाएका छौँ । ” मरेको हात्तीको पोस्टमार्टम गर्ने चिकित्सकमध्ये एक हुनुहुन्छ, डा. श्रेष्ठ ।

त्यही हात्तीको पोस्टमार्टममा खटिनुभएका नेपाल प्रकृति संरक्षण कोष सौराहाका पशु चिकित्सक डा. अमिर सडौला पनि त्यो हात्ती मर्नुका कारण क्षयरोग नै भएको शङ्का गर्छन् । “परीक्षण गरेर हेर्दा हामीलाई क्षयरोग नै हो भन्ने लागेको छ । प्रयोगशालाबाट यसको पुष्टि हुन जरुरी छ”, उनले भने । पछिल्लो एक वर्षमा चितवन निकुञ्जमा पाँचवटा हात्ती मरेका छन् । २०७५ पुस २५ यता शमशेरकली, उमाकली, भोलाप्रसाद, मोतीप्रसाद र पूजाकली मरेका हुन् । तर, अहिलेसम्म यी हात्ती के कारणले मरे भनेर निकुञ्जले सार्वजनिक गरेको छैन । यस्तै विगत डेढ वर्षमा निकुञ्जमा ४९ वटा गैँडा मरेका छन् ।

पछिल्लो आइतबार विद्युतीय धरापमा परेर मरेको आठ वर्षीय भाले गैँडाबाहेक अन्य सबै कालगतिले मरेका निकुञ्जले बताउँदै आएको छ । कालगतिमा पनि के कारणले मरे भन्ने जवाफ निकुञ्जसँग छैन । तर, सन् २०१५ मार्च १ मा निकुञ्जको पश्चिमी क्षेत्र अमलटारीमा मरेको १८ वर्षीय पोथी गैँडामा क्षयरोगको सङ्क्रमण भेटिएको चिकित्सक डा. सडौला बताउछन् । सन् २०१५ मै निकुञ्जका ११ वटा हात्तीमा पनि क्षयरोग देखिएर औषधि खुवाइएको थियो । पछिल्लो पटक मर्ने हात्तीमा त्यो बेला क्षयरोगको औषधि खुवाइएको पनि थियो ।

यी घटनाक्रमले पछिल्लो पटक निकुञ्जमा चिन्ताजनक रूपमा बढेकोे गैँडा मर्नुका कारण कतै क्षयरोग नै हो कि भन्ने शङ्का विज्ञहरूमा छ । तर, प्रयोगशालाबाट प्रमाणित नभई यो यसै हो भन्नसक्ने अवस्था नभएको प्राविधिकहरू औल्याउँछन् । यसका लागि गहिरो अध्ययन जरुरी छ । “करिब पाँच वर्षअघि गैँडामा भेटिएको क्षयरोग ‘माइक्रो ब्याक्टोरियम ओरिक्स’ हो तर हात्तीमा भेटिएको क्षयरोग ‘माइक्रो ब्याक्टोरियम टयुबरक्लोसिस हो”, डा. सडौलाले भने, “त्यसयता मरेका गैँडामा परीक्षण गर्दा कुनैमा पनि क्षयरोगको जीवाणु देखिएको छैन । ”

गैँडामा भेटिएको ओरिक्स ब्याक्टोरिया पशुबाट पशुमा सर्ने रोग हो भने ट्युबरक्लोसिस मान्छेबाट मान्छे र पशुबाट पशुमा पनि सर्न सक्ने जीवाणु हो । “निकुञ्जमा क्षयरोगको जीवाणु नै छैन त भन्न सकिँदैन”, आशङ्का गर्दै डा. सडौलाले भने । लामो समयसम्म निकुञ्जमै पशु चिकित्सक भई एक वर्षअघि मात्रै सेवानिवृत्त डा. कमल गैरे नेपालमा वन्यजन्तुको उपचार गर्ने अस्पताल र रोग पहिचान गर्ने प्रयोगशाला नहँुदा समस्या परेको बताउछन् ।

“सौराहामा वन्यजन्तु अस्पताल बनाइएको छ तर पूर्वाधार नभएका कारण सञ्चालन गर्न सकिएको छैन । यति धेरै जनावर छन्, बिरामी पर्छन्, घाइते हुन्छन्, जाँच्ने प्रयोगशाला छैन”, उनले दुःखेसो पोख्दै भने, “अहिले पनि हात्ती, गैँडाजस्ता जनावरको क्षयरोग पहिचानका लागि मान्छेको क्षयरोग जाँच्ने प्रयोगशालाको भर पर्नुपर्ने बाध्यता छ । ” विशेषतः जनावरको घाँटीभित्रको ¥याल वा खकार झिकेर कल्चर गर्ने र मरेको जनावरको अङ्गको शङ्कास्पद भाग काटेर बायोप्सी गरी रोग पहिचान गर्ने गरिन्छ । तर मान्छेको प्रयोगशालामा वन्यजन्तुको परीक्षण कति आधिकारिक भन्ने प्रश्न भने उब्जिरहेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक रामचन्द्र आचार्य वन्यजन्तु विभागअन्तर्गत वन्यजन्तुको परीक्षण गर्ने प्रयोगशाला नभए पनि भेटेरिनरीको केन्द्रीय प्रयोगशाला आफूहरूले उपयोग गर्न पाउने बताउछन् । आफूहरूसँग दक्ष जनशक्ति र राम्रा उपकरण नहुँदा आफ्नै स्रोतसाधनबाट प्रयोगशाला सञ्चालन गर्न नसकिएको उनले जनाए।उपमहानिर्देशक आचार्यकै नेतृत्व टोलीले पनि गत वर्ष निकुञ्जमा गैँडा मर्नुको कारण अध्ययन गरेको थियो ।

नेपालीसँगै अफ्रिकी विशेषज्ञ टोली परिचालित हुँदासमेत यकिन कारण पहिचान नभएको बताइन्छ । “चितवनमा बढी गैँडा मरेका छन् । किन मरिरहेका छन्भन्नेमा हामी सचेत छौँ”, उपमहानिर्देशक आचार्य भन्छन्, “मरेका गैँडाका अङ्गको बायोप्सी परीक्षणमा पनि त्यस्तो केही देखिएको छैन । ” गोरखापत्र दैनिकबाट