१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’

विद्यार्थीको चेतावनी: बढी रकम फिर्ता नगरे तोकिएको शुल्क नै नतिर्ने

विद्यार्थीको चेतावनी: बढी रकम फिर्ता नगरे तोकिएको शुल्क नै नतिर्ने
अ अ+ अ-

कलेजले बढी असुलेको रकम फिर्ता नगरेसम्म तोकिएको शुल्क पनि नतिर्ने चितवन मेडिकल कलेजका विद्यार्थीले चेतावनी दिएका छन् । भदौ पहिलो सातादेखि कलेजमा तालाबन्दी गरेर पढाइ र परीक्षा बहिष्कार गर्दै आएका उनीहरूले न्याय नपाएपछि आन्दोलनको स्वरूप बदलेका हुन् । पढाइलाई निरन्तरता दिन विद्यार्थीले मंगलबार तालासमेत खोलेका छन् । ‘हामीले पढाइलाई निरन्तरता दिन पाँच महिनापछि ताला खोलेका छौँ । तर, यसको अर्थ आन्दोलन छाडेको भन्ने होइन,’ चिकित्सा शिक्षा संघर्ष समितिका सदस्य एवं सिएमसीका विद्यार्थी प्रवीण लामाले भने, ‘हाम्रो माग पूरा नभएसम्म सरकारले तोकेको रकम पनि कलेजलाई एक रुपैयाँ तिर्दैनौँ । अब हाम्रो आन्दोलन पढाइसँगै अगाडि बढ्छ ।’

आफूहरू अब प्रयोगात्मकलगायत वार्षिक परीक्षाको तयारीमा लाग्ने उनले बताए । यसअघि प्रवेशपत्र जलाएर उनीहरूले वार्षिक परीक्षा नै बहिष्कार गरेका थिए । आठ संकायका विषयको पढाइ हुने सिएमसीमा सबै विद्यार्थीसँग कलेजले तोकेभन्दा बढी शुल्क असुलेको छ । तर, १० मंसिरमा सञ्चालकसँग सहमति गर्दै सरकारले एमबिबिएस र बिडिएसका विद्यार्थीको पहिलो र दोस्रो वर्षका अतिरिक्त शुल्क मात्रै फिर्ता या समायोजन गर्ने जनाएको थियो । सरकारले सञ्चालककै पक्षपोषण गर्दै विद्यार्थीलाई थप अन्याय गरेको भन्दै विद्यार्थीले आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् ।

नर्सिङ, बिपिएच, बिएमएलटी, बिएमआइटी, फार्मेसीलगायत विषय पढ्ने विद्यार्थीसँग असुलेको बढी शुल्क पनि फिर्ता गर्न उनीहरूको माग छ । यी विषयमा छात्रवृत्ति पाएका विद्यार्थीसँग ६ लाख र अन्यसँग १३ देखि २० लाखसम्म अतिरिक्त शुल्क कलेज प्रशासनले असुलेको विद्यार्थी बताउँछन् । ‘एमबिबिएस र बिडिएस संकायका विद्यार्थी मात्रै ठगिएको होइन, कलेजमा पढाइ हुने आठवटै संकायका विद्यार्थीको ०७२/७३ देखिको रकम फिर्ता वा समायोजन हुनुपर्छ,’ एमबिबिएस चौथो वर्षमा अध्ययनरत असीम अख्तरले भने ।

अहिलेसम्म सबै विद्यार्थीसँग ५६ करोड बढी ठगी भएकोमा सात सय विद्यार्थीको ३२ करोड फिर्ता गर्नुपर्ने र २२ करोड समायोजन हुनुपर्ने विद्यार्थीले जनाएका छन् । कलेज प्रशासनले पटक–पटक बढी शुल्क मागेर हैरान बनाएको सिएमसीका विद्यार्थीका अभिभावकको गुनासो छ । ‘मेडिकल कलेजले अतिरिक्त शुल्कविना भर्ना नै नलिने गरेको छ । बाध्यताले तिर्नुपर्छ । रकम तिरेको बिलसमेत समयमा पाइँदैन,’ अभिभावक टेकप्रसाद चापागाईंको गुनासो छ । कलेजले आफूहरूसँगको छलफलमा रकम फिर्ता गर्ने प्रतिबद्धता जनाउने गरे पनि कार्यान्वयन नगरेको उनले बताए ।

अभिभावकहरूले पनि संघर्ष समिति बनाएर विद्यार्थीको आन्दोलनमा साथ दिँदै आएका छन् । उनीहरूले कलेज प्रशासनसँग मात्र नभई बुद्धिजीवी, नागरिक अगुवा र स्वयं विद्यार्थीसँग अन्तक्र्रिया गर्दै आएका छन् । कलेजका प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले भने ०७५/७६ अघिका विद्यार्थीसँग बढी शुल्क नै नउठाएको दाबी गरे । ०७५/७६ पछिका एमबिबिएसतर्फका ९० र बिडिएसतर्फका ३६ विद्यार्थीको रकम मात्रै समायोजन गर्नुपर्ने उनको दाबी छ ।

उनीहरूको त्रिवि रजिस्ट्रेसन शुल्क, चिकित्सा शिक्षा अध्ययन संस्थानलाई बुझाउनुपर्ने परीक्षा शुल्क, नेपाल मेडिकल काउन्सिलको दर्ता शुल्क, संस्थागत शुल्क, कम्युनिटी शुल्क लगायतमा कट्टा गरी रकम समायोजन गर्न तयार रहेको उनले बताए । तर, विद्यार्थी भने पहिलो र दोस्रो वर्षका विद्यार्थीको अतिरिक्त शुल्क समायोजनमा परीक्षा शुल्क दुई हजार पाँच सय, त्रिवि दर्ता शुल्क पाँच सय र नेपाल मेडिकल काउन्सिल दर्ता शुल्क तीन हजारबाहेक अन्य शुल्क जोड्न नपाउने बताउँदै आएका छन् । नयाँ पत्रिका दैनिकबाट