७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युयोर्कमा ट्रकको ठक्करबाट नेपाली दश वर्षिय बालकको मृत्यु



अ+ अ-

न्युयोर्कको क्वीन्स स्थित कोरोनामा फेहोर बोक्ने सरकारी ट्रकको ठक्करबाट दश वर्षिय बालक श्रीजल पन्थीको मृत्यु भएको छ । घटना मंगलबार बिहान ७ बजेतिर, ९७ स्ट्रीट र ५७ एभ्युन्युमा भएको बताईएको छ । आफ्नो आमाको साथमा विधालयतर्फ जाँदैगर्दा अचानक उक्त सरकारी ट्रकले उनीहरुलाई ठक्कर दिएको थियो ।

घटना भए लगत्तै छोरा र आमा दुबैलाई एम्बुलेन्सबाट नजिकैको एलमष्ट हस्पिटल लगिएको थियो । बालक श्रीजल पन्थीको भने हस्पिटल लगिएको केहि बेरमै मृत्यु भएको हो ।

उनका आमाको भने उपचार भईरहेको छ । यस मर्माहित घटनाले न्युयोर्कबासी नेपालीहरुलाई सोक स्तब्ध बनाएको छ ।