२ भाद्र २०८३, मंगलवार
,
Latest
‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८० यात्रु सवार युक्रेनियन विमान इरानमा दुर्घटना



अ+ अ-

इरानमा १८० यात्रु सवार विमान दुर्घटना भएको छ । तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको युक्रेन विमान केहीबेरमा दुर्घटना भएको बताइएको छ । क्षतिको विवरण भने आइसकेको छैन ।इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् ।

नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले तेहरानको दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको जानकारी दिँदै भनेका छन्, ‘जाँचबुझका लागि दुर्घटनास्थलमा टोली खटिएको छ ।’

अमेरिका र इरानबिच अहिले खटपट भइरहेको छ । विमान दुर्घटना हुनुभन्दा केही घण्टा अगाडिमा इरानले इराकस्थित अमेरिकी सेना बसेका दुई स्थानमा १५ ब्यालिष्टीक मिसाइल आक्रमण गरेको थियो । यो आक्रमण इरानी सेनाका कमाण्डर कासिम सुलेमानी मारिएको बदलामा गरेको इरानले जनाएको छ ।