५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनियन विमान दुर्घटना हुँदा १८० यात्रुको मृत्यु (अपडेट)



अ+ अ-

१८० यात्रु सवार युक्रेनियन विमान दुर्घटनामा सवार सबै यात्रुहरुको मृत्यु भएको छ । तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको युक्रेन विमान केहीबेरमा दुर्घटना भएको थियो । इरानी टेलिभिजनहरुका अनुसार प्राविधिक कारणले गर्दा विमान दुर्घटना भएको बताईएको छ । दुर्घटना भएको विमान इरान नजिकैको तेहरानमा खसेको थियो ।

नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले तेहरानको दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको जानकारी दिँदै भनेका छन्, ‘जाँचबुझका लागि दुर्घटनास्थलमा टोली खटिएको छ ।’

अमेरिका र इरानबिच अहिले खटपट भइरहेको छ । विमान दुर्घटना हुनुभन्दा केही घण्टा अगाडिमा इरानले इराकस्थित अमेरिकी सेना बसेका दुई स्थानमा १५ ब्यालिष्टीक मिसाइल आक्रमण गरेको थियो ।