५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैको पनि ज्यान गएको छैन, यो आक्रामणले इरान आफैं तल परेको छ: ट्रम्प



अ+ अ-

काठमाडौं । इरान र अमेरिकाबिच द्वनद चर्किरहँदा माहोल अहिले निकै गम्भिर बनेको छ । इरानले गरेको ब्यालेष्टिक मिसमईल आक्रमणमा अमेरिकाले रोचक तिरिकाले जवाख दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले गरेको आक्रामणबाट आफ्नो कुनै पनि भौतिक क्षति नभएको दाबी गरेका छन् । इराकस्थित आफ्नो सैन्य बेसक्याम्पमा आक्रमण गरेर इरानले निच व्यवहार देखाएको पनि टिप्पणी पनि गरेका छन् ।

अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मा’रिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप अमेरिकी सेनाको इराकस्थित इरबिल र अल–अस बेसक्याम्पमा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो । जसमा इरानले ८० अमेरिकी सैनिक मा’रिएको दाबी गरेको थियो । तर, ट्रम्पले इरानले गरेको दाबीको खण्डन गर्दै घटनामा कुनै पनि मानवीय क्षति नभएको बताएका छन् । ह्वाइट हाउसबाट एक भिडियो सन्देश जारी गर्दै उनले कुनै पनि मानवीय क्षति नभएको दाबी गरेका हुन् ।

उनले भिडियो सन्देशमा भनेका छन्, ‘इरानको आक्रमणबाट अमेरिकी वा इराकी कसैको पनि ज्या’न गएको थिएन, यो आक्रामणले इरान आफैं तल परेको छ ।’ इरानले गरेको ब्यालेष्टिक मिसाईलको भान अमेरिकाको राडरले अघि नै देखाएको कारण बेस क्याम्पबाट आफ्ना सैनिक मिसाईल झर्न अघि नै अमेरिकाले हटाईसकेको पनि बताईएको छ ।