१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमस्तरामबाबा अध्यात्मिक महाकाव्य लोकार्पण



अ+ अ-


ललितपुर, भैसेपाटी, २५ पुस (रासस ) आज भैसेपाटीस्थित प्राध्यापक शिवगोपाल रिसालको निवासमा श्रीमस्तरामबाबा आध्यामिक महाकाब्यको एक समारोहबीच लोकार्पण गरिएको छ । प्राध्यापक रिसालले बाबाको तस्बिरमा सो पुस्तक अपर्ण गर्दैै लोकपर्ण गर्नु भएको होे । यसअघि पनि श्रीमस्तरामबाबा अध्यात्म काव्य प्रकाशन भइसकेको थियो ।


यस किताब केबल श्रद्धा हुने व्यक्तिको लागि मात्र भएको पनि किताबको भूमिका लेखिएको छ । भारतको क्रृषिकेश तीर्थस्थलमा आफनो जीवन बिताउनु भएका बाबाको भक्तजनको बीच सो समारोह सम्पन्न भएको थियो । नेपाल सरकारका पूर्वसचिव विष्णुगोपाल रिसालले बाबाको सादा जीवन, बाबाको नित्य चिन्तनका बारेमा प्रकाश पार्नु भएको थियो ।


कार्यक्रममा पुस्तकको विषयमा सीता भट्टराराईले प्रकाश पार्नु भएको थियो । पुस्तकको बारेमा शिवा रिमाल र शोभा रिमालले समीक्षा गर्नु भएको थियो भने बाबाको विषयमा पुष्पपाणी रिजाल, अम्बिका पाण्डे, इन्दिरा नेपाल, बसन्त रायमाझी, केशव रेग्मी शुशीला अर्याल, ज्ञाननिष्ठ ज्ञवाली र अनन्तगोपाल रिसालले बाबाको कविता वाचन गर्नु भएको थियो ।