२ भाद्र २०८३, मंगलवार
,
Latest
‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको मस्जिदमा विष्फोट, डीएसपीसहित १४ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पाकिस्तानको क्वेटा शहरको एक मस्जिदमा भएको विष्फोटमा १४ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । विष्फोटमा क्वेटाका डीएसपी अमानुल्लाहको समेत मृत्यु भएको छ । क्वेटाको सिभिल हस्पिटलका प्रवक्ताका अनुसार घाइतेहरुको अवस्था गम्भीर छ ।

पाकिस्तानी सेनाले घटनाको पुष्टि गर्दै घटनास्थलको जाँचबुझका लागि प्रहरी र सेनाको संयुक्त टोली खटाइएको छ ।

पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाले भनेका छन्, ‘प्रहरी र प्रशासनको तर्फबाट हरसम्भव मद्दत गरिएको छ । जसले मस्जिदलाई निशाना बनायो, त्यो कहिल्यै मुसलमान हुन सक्दैन ।’