५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री विरुद्ध हजारौँको प्रदर्शन



अ+ अ-

लेबनान । लेबनानका नयाँ प्रधानमन्त्री हसन दियबविरुद्ध शनिबार हजारौँले सडकमा प्रदर्शन गरेका छन् । राजधानी बेरुतमा रहेको प्रधानमन्त्री दियबकै घरनजिकै पुगेर प्रदर्शनकारीहरुले प्रदर्शन गरेको जनाइएको छ ।

प्रधानमन्त्रीमा दियब नियुक्त भएकोमा उनीहरुले असहमति जनाएका छन् । भ्रष्ट राजनीतिक पार्टीहरुको सहयोगमा उहाँ प्रधानमन्त्री भएकाले उहाँलाई अस्विकार गरिएको उनीहरुको भनाई छ ।

अहिलेको सरकारले पनि देशको आर्थिक चुनौतीहरुलाई सामना गर्न नसक्ने भएकाले विरोध गर्नु परेको आन्दोलनकारीले बताएका छन् ।

आन्दोलनकारीहरुको मागलाई सरकारले बेवास्ता गरिरहेको एक आन्दोलनकारीको आरोप थियो । प्रदर्शनकारीहरुले देशव्यापी आन्दोलनको तयारी भइरहेको जानकारी दिएका छन् । उनीहरुले स्वतन्त्र व्यक्तिहरुको सहभागीता सहिन सरकारको पुनर्गठन गर्न माग गरेका छन् ।

देशलाई आर्थिक संकटबाट बाहिर निकाल्न उनीहरु सक्षम रहने आन्दोलनकारीहरुको दाबी रहेको छ । तर नयाँ प्रधानमन्त्री दियब भने सरकार पुनर्गठनका लागि असफल हुदै आउनु भएको छ । उहाँलाई सघाएका विभिन्न दलहरुको दवावका कारण उहाँले सरकार पुनर्गठन गर्न नसक्नु भएको हो ।