११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

झापा गोल्डकपको उपाधि मच्छिन्द्रलाई

झापा गोल्डकपको उपाधि मच्छिन्द्रलाई
अ अ+ अ-

झापा। मच्छिन्द्र फुटबल क्लब काठमाडौँले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै सातौँ झापा गोल्डकपको उपाधि हात पारेको छ ।

अधिकांश झापाली खेलाडी सम्मिलित मच्छिन्द्रले पहिलो पटक झापा गोल्डकपको ट्रफी उचालेको हो । उपाधिसँगै मच्छिन्द्रले नगद रु १५ लाख प्राप्त ग¥यो भने उपविजेता एपिएफले रु सात लाख ५० हजारमा चित्त बुझाएको छ । यस संस्करणको झापा गोल्डकप हालसम्मकै उच्च पुरस्कार राशि भएको प्रतियोगिता मानिएको छ ।

मच्छिन्द्रले खेलको ३१ औँ मिनेटमा अग्रता लिँदै एपिएफलाई पछि पारेको थियो । विदेशी खेलाडी अयोला हमजातको पासमा स्ट्राइकर प्रदीप बुढाथोकीले गोल गर्दै टोलीलाई अगाडि बढाए । त्यसपछि पहिलो हाफको इन्जुरी समय (४५औँ मिनेट) मा देवेन्द्र तामाङको लामो प्रहारलाई फ्रयाङ्क अनोहले गोलमा परिणत गर्दै मच्छिन्द्रलाई २–० को सहज अवस्थामा पु¥याए ।

दोस्रो हाफमा एपीएफले लयमा फर्कने प्रयास ग¥यो । खेलको ७६औँ मिनेटमा डिफेन्डर मानबहादुर राना मगरले रातो कार्ड पाएपछि एपीएफ १० खेलाडीमा सीमित भयो । त्यसको केही मिनेटपछि ८२ औं मिनेटमा विश्वास उदासको फ्रि–किकलाई क्लियर गर्न नसक्दा दीपेश धिमालले गोल गर्दै एपीएफलाई खेलमा फर्काउने प्रयास गरे । तर, मच्छिन्द्रले त्यसको एक मिनेटपछि नै निर्णायक गोल ग-यो । अयोला हमजातको कर्नरमा डिफेन्डर अलिसन अलिजोनोभले हेडमार्फत गोल गर्दै जित सुनिश्चित गरे ।

खेलमा मच्छिन्द्रका प्रदीप बुढाथोकी ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद रु २५ हजार प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी पेमा तामाङ घोषित हुँदै यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे । उत्कृष्ट गोलकिपर विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक प्रवेश कटवाल र सर्वाधिक गोलकर्ता जोनाथन जोरिल्ला घोषित भए । उनीहरूले जनही रु ३५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै, टिकट काटेर खेल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडकी प्रीति मोक्तानले यामाहाको स्कुटर प्राप्त गरिन् । प्रतियोगितामा नेपालका तीन विभागीय टोली, विभिन्न ‘ए’ डिभिजन क्लब तथा भारत, भुटान र मलेसियाका क्लबहरूको सहभागिता रहेको थियो । रासस