३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वाधिक कमाई गर्ने क्लबमा बार्सिलोना



अ+ अ-

सर्वाधिक कमाई गर्ने क्लबमा स्पेनिस क्लब बार्सिलोना परेको छ । डेलोइट फुटबल मनी लिगको सर्वेक्षण अनुसार बार्सिलोना सर्वाधिक कमाई गर्ने क्लब बनेको हो । बार्सिलोनाको सन् २०१८/१९ को सिजनको कमाई ७४१.१ मिलियन पाउण्ड रहेको छ । बार्सिलोना पहिलो पटक सर्वाधिक कमाउने क्लब बनेको हो ।

यस्तै स्पेनिस क्लब रियल मड्रिड भने दोस्रो स्थानमा रहन सफल भएको छ। रियलको कमाई ६६७.५ मिलियन पाउण्ड रहेको छ । तेस्रो स्थानमा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेड रहेको छ । युनाइटेडको कमाई ६२७.१ मिलियन पाउण्ड रहेको छ ।

चौंथो स्थानको वायर्न म्युनिखको ५८१.८ मिलियन पाउण्ड रहदा पाँचौं स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) को ५६०.५ मिलियन पाउण्ड रहेको छ । यस्तै छैटौं स्थानमा म्यानचेस्टर सिटी, सातौं स्थानमा लिभरपुल, आठौं स्थानमा टोटेनहम, नवौं स्थानमा चेल्सी र दशौँ स्थानमा युभेन्ट्स रहेको छ ।