३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरुष टी–ट्वेन्टी विश्वकपमा सहभागी टोलीहरूको संख्या बढाउदै आइसिसी



अ+ अ-

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पुरुष टी–ट्वेन्टी विश्वकपमा सहभागी टोलीहरूको संख्या बढाउने तयारी गरेको छ । आइसिसीले टी–ट्वेन्टी विश्वकपमा हालको १६ बाट बढाएर २० टोली सहभागी गराउने तयारी गरिरहेको टेलिग्राफ स्पोर्टसले जनाएको छ । खेलको दायरा बढाउनका लागि टी–ट्वेन्टी स्वरूपलाई सर्वश्रेष्ठ मान्दै आएको आइसिसीले विश्व कपको आगामी संस्करणमा ४ देशलाई सहभागी गराएर २० पुर्याउने तयारी गरेको हो ।

सन् २०२३ देखि ३१ सम्मको अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डरमाथि विस्तृत छलफलपछि आइसिसी सहभागी टोलीको संख्या बढाउने तयारीमा जुटेको छ । टी–ट्वेन्टी विश्वकप २०२४ मा हुनेछ । आइसिसीले २० राष्ट्रलाई विश्वकपमा समावेश गर्नका लागि २ वटा विकल्प सोचेको छ । विश्व कप छनोट खेलेर आउने टिमले लिग चरणमा ठूला ठूला राष्ट्रसँग खेल्ने र आइसिसीले ४ समूह बनाएर ५ राष्ट्रलाई विभाजन गर्ने तथा हरेक समूहबाट शीर्ष स्थानमा रहने राष्ट्रले नकआउट चरणमा स्थान बनाउने विकल्पमाथि आइसिसीले विचार गरिरहेको हो । आईसिसीले प्रत्येक वर्ष एउटा विश्वव्यापी प्रतियोगिता आयोजनाको प्रस्ताव राखेको छ ।

यो प्रस्ताव पारित भए एसोसिएट र क्रिकेटको क्रेज भएका देशका लागि फाइदा पुग्ने अनुमान गरिएको छ । जसमा क्यानडा, जर्मनी, नाइजेरियासँगै नेपालले पनि खेल्ने अवसर प्राप्त गर्ने सम्भावना रहेको छ । विश्वकपमा टोलीहरू बढाइएसँगै दर्शकको संख्यामा वृद्धि हुने अपेक्षासहित विश्वव्यापी प्रतियोगितामा अमेरिकी प्रतिनिधित्वको सम्भावना बढ्ने आईसिसीको ठहर छ । आइसिसीले अमेरिकालाई ठूलो बजारको रूपमा हेर्दै आएको छ । अमेरिकामा खेललाई बढावा दिन आइसिसीले हाल सबै प्रयास गरेको छ ।