४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो

चामुण्डा मेयर कप स्नुकर माघ २५ देखि

चामुण्डा मेयर कप स्नुकर माघ २५ देखि
अ+ अ-

काठमाडौं । नेपाल विलियर्ड, स्नुकर तथा पुल संघको सहयोग तथा चामुण्डा स्नुकर क्लबको आयोजनामा प्रथम चामुण्डा गोकर्णेश्वर मेयर कप ओपन सिक्स रेड स्नुकर च्याम्पियनसिप माघ २५ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपालका विभिन्न ४५ जिल्ला र भारतका गरी २ सय ५६ खेलाडीको सहभागिता अपेक्षा गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा पूर्व राष्ट्रिय च्याम्पियन नेपाल विलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष सरोजकुमार मुल्मीले जानकारी गराए । नेपाली स्नुकरको इतिहासमा १ सय ४८ खेलाडी सहभागी प्रतियोगिता नै सबै भन्दा धेरै खेलाडी सहभागी भएको प्रतियोगिता हो । करिब ६ महिना अघि चामुण्डा स्नुकर क्लबले नै आयोजना गरेको चामुण्डा स्नुकर प्रतियोगितामा १ सय ४८ खेलाडी सहभागी भएका थिए ।

आयोजक क्लबका प्रबन्ध निर्देशक विनेश डंगोलले जिल्लाबाट आउने खेलाडीलाई बसोवास तथा भारतबाट आउने खेलाडीलाई बसोवास र खानाको व्यवस्था गरिने जानकारी दिए । भारतबाट करिब १७ खेलाडी आउने अनुमान गरिएको प्रबन्ध निर्देशक डंगोलले बताए ।

विजेताले १ लाख ५० हजार, उपविजेताले ६० हजार र तेश्रो हुने दुई खेलाडीलाई जनही २० हजार नगद पुरस्कार दिइने छ । ७५ अंकसम्म सर्वाधिक ब्रेककर्तालाई ३० हजार तथा सो भन्दा मुनी सर्वाधिक ब्रेककर्तालाई १५ हजार नगदबाट पुरस्कृत गरिने छ । उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी र उदीयमान खेलाडीलाई समान १०–१० हजार नगद प्रदान गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख खर्च हुने बताइएको छ । फागुन १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु जोरपाटीस्थित आयोजक क्लबको आफ्नै हलमा हुने छ । आयोजकका अुनसार सिक्स रेड स्नुकर प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको हो ।