१८ भाद्र २०८३, बिहीबार
,
Latest
कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० वार्म अप क्रिकेट: नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्ने



नेपाली क्रिकेट टोली (तस्बिरः क्यान)
अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) टी-२० विश्वकपको अन्तिम तयारी स्वरुप नेपालले आज युएईसँग पूर्वतयारी खेल (वार्म अप) खेल्दैछ ।

यो  खेल आज साँझ ५.१५ बजेदेखि चेन्नईको एमए चिदाम्बरम स्टेडियममा सुरु हुने नेपाल क्रिकेट संघले जनाएको छ ।

रोहित पाैडेलको कप्तानीमा रहेको नेपालले यसअघि मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग र श्रीलंकामा श्रीलंका ‘ए’ सँग तीन अभ्यास खेल खेलेको थियो । श्रीलंकासँगको खेलमा नेपालले एउटा खेल जितेको थियो भने एमसीएलाई दुवै खेलमा हराएको थियो ।

नेपालले अर्को वार्म अप खेल क्यानडासँग बिहीबार खेल्नेछ ।

टी-२० विश्वकप फेब्रुअरी ७ (माघ २४) देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ ।

नेपालले पहिलो खेल माघ २५ मा इंग्ल्यान्डसँग खेल्नेछ । माघ २९ मा इटली, फागुन २ मा वेस्ट इन्डिज र फागुन ४ मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले स्कटल्यान्डको साटो बंगलादेशसँग खेल्ने पूर्व कार्यसूची रहे पनि बंगलादेश भारत नआउने भएपछि स्कटल्यान्डसँग खेल्न लागेको छ ।

उता, पाकिस्तानले पनि भारतीय भूमिमा आएर क्रिकेट नखेल्ने घोषणा गरेपछि आयोजक आइसिसि र भारतले खेद व्यक्त गरेका छन् । उनीहरु पाकिस्तानलाई मनाउन प्रयासरत रहेको बताइन्छ ।