९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले

सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले
अ अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनको अन्डरग्राउन्ड भागमा रहेको अभिलेख शाखामा बुधबार राति आगलागी भएको छ । आगलागीबाट अभिलेख शाखामा रहेका केही कागजात जलेका छन् ।

सर्वोच्च अदालतका अनुसार बुधबार राति करिब १२ बजे अभिलेख शाखामा आगो लागेको हो । आगलागीबाट सामान्य क्षति भएको र ठूलो क्षति नभएको अदालतले जनाएको छ ।

आगलागीबाट केही कानुनसम्बन्धी पत्रिका तथा मिसिलमा आवश्यक नभएका र नष्ट गर्नुपर्ने कागजात जलेका छन् । अधिकांश जलेका सामग्री काम नलाग्ने तथा सडाउनुपर्ने प्रकृतिका कागजात रहेको सर्वोच्चको भनाइ छ ।

आगलागी भएको जानकारी पाएलगत्तै दुई वटा दमकल बोलाएर आगो नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण भवन तथा अभिलेखमा थप क्षति हुन नदिन तत्कालै नियन्त्रणको प्रयास गरिएको अदालतले जनाएको छ ।

अहिले आगलागीको कारण तथा भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको सर्वोच्च अदालतले जनाएको छ ।