१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी
अ अ+ अ-

काठमाडौँ: सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि  आत्मदाह प्रयास गरेपछि जलेर गम्भीर बिरामी भएका  गणेश नेपालीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउने भएको छ ।

सडक पेटीमा मोटरसाइकल रोकेको आरोपमा काठमाडौं महानगर प्रहरीले उनको मोटरसाइकल उठाएर  ट्रकमा  हालेर लैजान लागेपछि आक्रोशित बनेका नेपालीले नगर प्रहरीकै अघिल्तिर शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए ।

तर त्यहाँ भेला भएका सर्बसाधारणले उनको शरीरमा लागेको आगो निभाए पनि उनले लगाएको कपडा सबै जलेको थियो । गम्भीर घाइते अवस्थामा उद्धार गरी उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो ।

हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टिकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ (एम्स) लैजाने तयारी गरिएको छ ।

बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू बिहीबार वीर अस्पताल पुग्नुभएको थियो । उहाँहरूले अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिनुभएको थियो ।

चिकित्सकसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उहाँहरूले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा घाइते नेपालीलाई थप उपचारका लागि भारत लैजाने प्रक्रिया अघि बढाइएको हो ।

अनलाइनखबरका अनुसार, भक्तपुरको कमलविनायकमा बस्दै आएका गणेश पछिल्लो साढे दुई वर्षदेखि पठाओ चलाउने काम गर्थे । त्यही कामबाट परिवार चलिरहेको थियो ।

मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश ७ वर्ष अगाडि काठमाडौं छिरेका थिए । कृषि विषयमा जेटी (जुनियर टेक्निसियन) अध्ययन गरेका गणेशले जीवन सजिलो होला भन्ने आशामा काठमाडौं रोजेका थिए । तर रोजगारी मिलेन ।

गणेशका श्रीमती, दुई वर्षकी छोरी र वृद्ध आमा–बुबा गाउँमा छन् । ६ वर्षअघि विवाह गरेका गणेशको कमाइले नै परिवार धानिन्थ्यो । श्रीमती गृहिणी हुन् । ‘भाइले कमाएर ल्याउँथ्यो । त्यसैले बच्चाको खर्च चल्थ्यो, स्कुल पठाउने सोच थियो,’  उनका दाजु मदन नेपालीले बताए ।

गणेश नेपालीको उपचार र न्यायको माग गर्दै उनको गृहजिल्ला मुगुवासीले  माइतीघरमा प्रदर्शन गरेका छन् ।