काठमाडौं । सरकारले पशु, बधशाला तथा मासु जाँच ऐन–२०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।
मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ऐन संशोधनका लागि तयार गरिएको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति प्रदान गरेको हो।
सरकारले पशु स्वास्थ्य, बधशाला व्यवस्थापन तथा मासुजन्य पदार्थको गुणस्तर र जाँचसम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई संशोधन तथा परिमार्जन गर्ने उद्देश्यले विधेयक अघि बढाएको हो।