२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५०० रुपैयाँ सहयोग गर्ने



अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढी प्रभावितलाई सहयोग गर्ने घोषणा गरेका छन्।

एसिसी प्रिमियर कपका लागि नेपाली टोली अहिले मलेसियामा छ। प्रतियोगिताको तयारीमा रहेका कप्तान लामिछानेले नेपालले भोगिरहेको विपद्प्रति आफूहरूको ध्यान रहेको जनाउँदै आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दान गर्ने घोषणा गरेका हुन्।

लामिछानेले सामाजिक सञ्जालमार्फत नेपालबाट टाढा रहे पनि आफूहरूको मन देश र विपद्मा परेका नेपालीसँगै रहेको बताएका छन्। उनले मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली जनताको अनुहारमा केही मुस्कान ल्याउने प्रयास गर्ने बताएका छन्।

उनले भनेका छन्, ‘सानो योगदानका रूपमा क्रिकेट एसोसिएसन अफ नेपालबाट पाउने एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दान गर्नेछु।’

त्यस्तै, एसिसी प्रिमियर कपभरि नेपालले लिने प्रत्येक विकेट तथा नेपाली खेलाडीले प्रहार गर्ने प्रत्येक चौका र छक्काका लागि १ हजार ५०० रुपैयाँका दरले योगदान गर्ने उनले घोषणा गरेका छन्।

उक्त रकम बाढी प्रभावित बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिने लामिछानेले बताएका छन्। ‘उनीहरूका सपना कहिल्यै बगेर जानु हुँदैन,’ उनले भनेका छन्।

लामिछानेले हरेक विकेट र हरेक बाउन्ड्री नेपालका लागि हुने उल्लेख गर्दै विपद्को कठिन समयमा नेपाली क्रिकेट टोली देशवासीसँगै रहेको सन्देश दिएका छन्।

लामिछानेले क्रिकेट एसोसिएसन अफ नेपालबाट मासिक १ लाख रुपैयाँ तलब बुझ्दै आएका छन्। त्यसअनुसार उनको एक महिनाको तलबबराबर १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जानेछ।

एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालले समूह चरणमा हङकङ, आयोजक मलेसिया, बहराइन र साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्।