२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको युनान प्रान्तीय युवा टोलीविरुद्ध मैत्रीपूर्ण खेलका लागि महिला फुटबल टोली घोषणा



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले चीनको युनान प्रान्तीय युवा टोलीविरुद्ध मैत्रीपूर्ण खेलका लागि आज २३ सदस्यीय नेपाली राष्ट्रिय यु–२० महिला टोली घोषणा गरेको छ ।

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपालस्थित चिनियाँ दूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा उक्त खेल हुन लागेको हो । मैत्रीपूर्ण खेल यही माघ १७ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

टोलीमा अमिता भुल, अनिशा राई, अस्मिता गुरुङ, भावन परियार, बिर्सना चौधरी, गङ्गा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लीला जोशी र मीना देउवा रहेका छन् ।

यसैगरी सजिना स्याङ्तान, समीक्षा मगर, सङ्गीता अधिकारी, सानिमामाया लो, सरिताकुमारी नाथ, सेमिहाङ लिम्बू, सिमरन राई, सुजाता तामाङ, पुनम चेमजोङ, पूर्णिमा राई र शुक्रिया मिया टोलीमा छन् ।

टोलीको मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ छन् ।