१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगर प्याब्सन फुटसल आइतबारदेखि



अ+ अ-

काठमाडौं महानगर प्याब्सन कमिटीको आयोजनामा काठमाडौं महानगर प्याब्सन कप फुटसल प्रतियोगिताको पहिलो संस्करण आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहने आयोजक कमिटीका अध्यक्ष मुरारीप्रकाश सन्जेलले बिहीबार विट्स एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई विभिन्न ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूहमा शीर्ष स्थानमा रहने टिम मात्र सोझै क्वाटरफाइनलमा प्रवेश गर्ने छ । विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने आयोजक कमिटीका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक ज्ञानबहादुर श्रेष्ठले जानकारी दिए । उक्त नगद पुरस्कार आईसीएफसी फाइनान्स र हिमालयन डेन्टल अस्पतालले प्रायोजन गर्ने भएको छ ।

उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगदसहित पुरस्कृत गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेलहरु बौद्धस्थित एरिना फुटसलमा खेलाइने छ ।