४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो

एपिएफ र न्यु डायमन्डको विजयी शुरुवात

एपिएफ र न्यु डायमन्डको विजयी शुरुवात
अ+ अ-

काठमाडौं । साविक विजेता नेपाल एपिएफ क्लब र होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब र बुलबले रारा क्लबले १५ औं संस्करणको सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । नयाँ बसपाकस्थित ढोरपटान क्लबको कोर्टमा बिहीबारदेखि शुरु भएको खेलमा एपिएफले चुली युवा क्लबमाथि २५–६, २५–५ र २५–१३ को एकपक्षीय जित निकाल्दै विजयी शुरुवात गरेको हो । यस्तै होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले पारामाउन्ट स्कुलमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो ।

चोटका कारण आफ्ना स्टार खेलडी प्रतिभा मालीविनै मैदान उत्रिएको डायमन्डले पहिलो सेट २५–५ ले सोझै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा दोस्रो रोजाईका खेलाडीलाई कोर्टमा तार्दा डायमन्डले २१–२५ ले नतिजा पारामाउन्टलाइै सुम्पिएको थियो । अन्तिम समयतिर हिलो रोजाइृका खलोडीलाई यतारेपनि डायमन्ड खेलमा फर्कन सकेन । त्यसपछि डायमन्डले तेस्रो र चौथो सेटमा कुनै जोखिम नमोली पहिलो रोजाईका खोडीलाई कोर्टमा उतारेपछि २५–७ र २५–७ ले सेट आफ्नो पक्षमा पादै विजयी हुन सफल भयो ।

बिहीबारकै अर्को खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले समाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेब) लाई २५–७, २५–४ र २५–८ को सोझो सेटमा हरायो । अर्को खेलमा बुलबुले रारा क्लबले चुली युवा क्लबलाइ २५–१४,२५–१४ र २५–१७ ले पराजित गर्दै वियजी सुरुवात ग¥यो । प्रतियोगिताको पहिलो दिन चुली युवा क्लबले दोहोरो हार बेहो¥यो । प्रतियोगिताको दोस्रो दिन ६ खेल हुनेछ । त्यसअघि प्रतियोगिताको ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्द, संघका सचिव तथा ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले ढोरपाटन महिला भलिबल आयोजना भएको १५ वर्षको उपलक्ष्यमा दिप प्रजलन र केक काट्दै उद्घाटन गरेका थिए ।

ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा जारी १५ औं संस्करणको लिगमा १० टोलीको सहभागिता रहेको छ । १५औं संस्करण (माघ १६ देखि २८)मा सम्म चल्ने प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । हरेक १० टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् । पहिलो राउन्ड २४ माघसम्म चल्नेछ । त्यसपछि शीर्ष अंक जोड्ने ७ टोलीले दोस्रो राउन्डमा प्रतिस्पर्धा गर्नेछ । बढी अंक जोड्ने टोली च्याम्पियन बन्ने छ । प्रतियोगितनको विजेताले ४ लाख ५ हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले २ लाख ५ हजार तथा तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन् ।

यस्तै चौथौ देखि सातौ सम्मले क्रमश ७५ हजार, ५५ हजार, ४५ हजार र ३५ हजार रुपैया पाउनेछन् । गतवर्ष जस्तै यो वर्ष पनि विभिन्न चार विधा (उत्कृष्ट खेलाडी, उदियमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज) बन्ने खेलाडीले यु एम स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फको विजेताले जनही ७ हजार रुपैयाँ हात पार्नेछन् ।