२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशी युवती १ महिनामै २ पटक सुत्केरी, जन्माइन् ३ वटा बच्चा



अ+ अ-

विज्ञानले पनि बेला बेलामा प्रकृतिसंग फेल खाएको घटनाहरु समाजमा सुन्नमा आईरहेको हुन्छ । त्यसैगरी हालै बंगलादेशमा फेरी एकजना महिलाले यो कुरालाई पुष्टि गरिदिएकी छन् । २० वर्षको उमेर भएकी आरिफा सुल्तानले एक महिनाभित्रैमा तीन पटक आमा बनेर विश्वलाई फेरी एक पटक चकित बनाईदिएकी छिन् । कुनै पनि महिलाले एक महिनाभित्रैमा दुई पटक सुत्केरी भएर तीनवटा बच्चा जन्माएको घटना विश्वमै पहिलो पटक भएको बताइएको छ ।

आरिफाले नर्मल डेलिभरीबाट पहिलो बच्चा जन्माइन् । छोरा जन्माएर अस्पतालबाट घर फर्किएको २६ औं दिनमा उनको पेट अचानक दुख्न थाल्यो । त्यसपछि उनलाई चेकजाँचका लागि अस्पताल लगियो । जब डाक्टरहरूले उनको पेटको अल्ट्रासोनोग्राफी गरे सबैजना तीनछक परे । किनकि, उनको पेटमा थप दुईवटा बच्चा थिए ।

उनको तत्कालै शल्यक्रिया गरी गर्भमा रहेका जुम्ल्याहा बच्चा पनि बाहिर निकालियो । पेटमा तीनवटा बच्चा हुँदाहुँदै पनि डाक्टरहरुले किन सुरुमै पत्ता लगाएनन् ? भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । तर अर्को फेरी अचम्मको कुरा डाक्टरहरू बताउछन् कि उनको शरीरमा दुईवटा गर्भाशय छन् । पहिलो बच्चा र पछिल्लो पटक जन्मिएका जुम्ल्याहा छुट्टाछुट्टै गर्भाशयमा रहेका थिए । यो समाचारले विश्वलाई चकित बनाएको छ । समाचार अनुसार, आरिफा र उनका तीनवटै बच्चा पूर्ण रूपमा स्वस्थ पनि छन् ।