८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसको औषधी फेला पारेका छौं: थाई चिकित्सक



अ+ अ-

७१ वर्षिय महिला निको भईन्

एजेन्सी । वुहान कोरोना भाइरसबाट संक्रमित भएकी एक बिरामीलाई सफलतापूर्वक निको पारेको थाईल्याण्डका चिकित्सकहरुले बताएका छन् । तिनले विभिन्न भाइरसको उपचारमा अहिले नै उपलब्धऔषधीलाई मिसाएर खान दिदाँ बिरामीलाई सन्चो भएको जानकारी दिएका छन् । अस्पतालमा उपचार गर्न चीनबाट आएकी एक ७१ वर्षे महिला आफुहरुको उपचारबाट भाइरसमुक्त भएको बैंककस्थित राजाभिथी अस्पतालका चिकित्सक डा. क्रियाङसक एतीपोर्नवानिचले जानकारी दिए ।

डा. क्रियाङसकका अनुसार ती बिरामी महिलालाई एचआईभीको उपचारमा प्रयोग हुने औषधी र फ्लू हुदाँ खाइने औषधिको मिश्रण दिइएको थियो । ‘म अत्यन्त जटिल अवस्थामा रहेकी बिरामीको उपचारमा संलग्न थिएँ र परिणाम सकारात्मक आएको छ । ४८ घण्टाभित्रै बिरामीको स्वास्थ्य अवस्थामा तिव्र सुधार भएको छ र परीक्षणको परिणाम पनि ४८ घण्टाभित्र पोजिटिभबाट नेगेटिभमा फेरिएको छ ,’ डा. क्रियाङसकले भने ।

अस्पताल प्रशासनले पत्रकार सम्मेलन नै आयोजना गरी यो खबर सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा अस्पतालका अधिकारीले निको भएको ति महिलाको स्वास प्रणालीमा अहिले कुनै भाइरस नदेखिएको पनि बताएका छन् । उता, बेइजिङका अस्पतालहरुले केही बिरामीलाई एचआईभी उपचारमा प्रयोग हुने औषधी दिएर निगरानी गरिरहेका छन् । तर परिणम भने अझै आउन सकेको छैन् ।