८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबारे अमेरिकाले त्रास फैल्याउने काम गर्यो: चीन



अ+ अ-

अमेरिकाले कोरोना भाइरसका बारेमा त्रास फैल्याउने काम मात्र गरेको चीनले गम्भिर आरोप लगाएको छ । त्यतीमात्र हैन चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयीङले नियमित पत्रकार सम्मेलनमा अमेरिकाले चिनिया यात्रुलाई अमेरिका छिर्न रोकसमेत लगाएको पनि बताइन् ।

‘अमेरिकाले रोकथाममा सहयोग गर्नुको साटो त्रास फैल्याउने काम गरिराखेको छ’, चुनयीङले भनिन्, ‘आफ्नो दूतावासका कर्मचारीहरू आंशिक रुपमा फिर्ता गर्ने पहिलो देश अमेरिका हो । त्यसबाहेक, अमेरिकाले चिनिया यात्रुलाई अमेरिका छिर्न रोकसमेत लगायो ।’

उनले अमेरिकाको उक्त कार्यले त्रास फैल्याउने काम मात्र भएको पनि बताईन् । साथै उनले यो एकदमै खराब उदाहरण रहेको र अन्य देशहरूले सुझ–बुझपूर्ण र वैज्ञानिक ढंगले यसबारे निर्णय लिने आशा गरेको पनि बताईन् ।