१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा

पोम्पेओको युरोप, मध्य एशियाली यात्राको सन्देश: चीनदेखि सावधान रहनुहोस्

पोम्पेओको युरोप, मध्य एशियाली यात्राको सन्देश: चीनदेखि सावधान रहनुहोस्
अ अ+ अ-

तासकन्द, उज्बेकिस्तान । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले गत साता मित्रराष्ट्र बेलायतदेखि पूर्व सोभियत सङ्घबाट अलग्गिएका चार राष्ट्र समेत कूल पाँच वटा मुलुकको भ्रमण गरे । तर, उनले भ्रमणका क्रममा मुख्य रुपमा एउटा सन्देश सुनाए ‘चीनदेखि सावधान रहनुहोस्।’ युरोप र मध्य एशियाको आफ्नो यात्रामा पोम्पेओले चीनको मानव अधिकारको अवस्थाका बारेमा निन्दा गर्नुका साथै चीनको आक्रामक व्यापार अभ्यासको आलोचना गरेका थिए । साथै उनले भ्रमणका क्रममा चिनियाँ लगानी र प्रभावबाट सावधान हुन आग्रह गरे ।

उनले उच्च गतिको ताररहीत नेटवर्कको विकास गर्ने क्रममा चीन सबै मुलुकका लागि जोखिम निम्त्याउने किसिमको रहेको बताए । उनको भाषा निकै रुखो थियो । “चिनियाँ कम्युनिष्ट पार्टीले अहिले विश्वभर खतरा निम्त्याएको छ,” पोम्पेओले गत हप्ता लन्डनमा भनेका थिए । युरोपेली सङ्घले फाइभ जी तारविहीन नेटवर्कहरूको सुरक्षा निर्देशिका सार्वजनिक गरेलगत्तै उनको तिखो प्रतिक्रिया आएको हो । युरोपेली सङ्घले अमेरिकी अभियानका बाबजूद हुवावेमाथि पूर्ण प्रतिबन्ध लगाउने अमेरिकी आग्रहलाई बेवास्ता गरेको थियो ।

पोम्पेओको कटु बयानबाजी नयाँ कोरोना भाइरसबाट चीन सङ्घर्ष गरिरहेको र अर्थतन्त्रमा नकारात्मक असर परिरहेकै समयमा आएको छ । उनका खरा टिप्पणीहरू राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनसँगको पछिल्लो नरम सम्बन्ध र भाषा विपरीत छ किनकि ट्रम्प चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पूर्ण व्यापार सम्झौता गर्न आतुर छन् । गत महिना पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर गर्नेक्रममा राष्ट्रपति ट्रम्पले सीलाई “मेरा अति मिल्ने मित्र” भनेका थिए । उनले जतिसक्दो चाँडो चीनको भ्रमण गर्ने बताएका थिए । राष्ट्रपति ट्रम्पले आफू र सीबीच “सम्बन्ध अति सुमधुर रहेको” समेत बताएका थिए ।

तर लन्डनमा विदेश मन्त्री पोम्पेओका टिप्पणीहरु उपराष्ट्रपति माइक पेन्सले चीनका बारेमा राखेजस्तै कडा दृष्टिकोणलाई दोहोर्याए । मुख्यतया चीनको पश्चिमी सिनजियाङ प्रान्तका मुस्लिम र जातीय अल्पसंख्यकलाई दमन गरेको पोम्पेओको दाबी छ । दुबैको भनाईमा बेइजिङ शिकारी व्यापारी रहेको तथा चीनले साना तथा गरिब राष्ट्रहरुलाई ऋणको पासोमा पार्न विकास परियोजना दिएर लोभ्याइ रहेको छ । पोम्पेओले बेलायत भ्रमण गर्नु ४८ घण्टा अघिमात्र अमेरिकी अनुरोधलाई बेवास्ता गर्दै बेलायतले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई फाइभ जी नेटवर्कका लागि स्वीकृति दिन सहमति दिएको थियो ।

अमेरिकासँग ब्रेक्जिट लगत्तै विस्तृत व्यापार सम्झौता गर्ने आशामा रहेको बेलायतको यो कदम आफैँमा आश्चर्यजनक र जोखिमपूर्ण थियो । यस निर्णयले ट्रम्प प्रशासनले आफ्नो नीतिका लागि पैरवी गर्ने क्षमताको सीमिततालाई छताछुल्ल पारेको जानकारहरुको भनाई छ किनकि हुवावेलाई बेलायतले अनुमति दिए दुबै देशबीचको गुप्तचर सूचना आदानप्रदान गर्न समस्या पर्ने अमेरिकाले यसअघि धम्की दिइरहेको थियो, तर अमेरिकी यो अस्त्र काम लागेन । अमेरिकी अधिकारीहरूको भनाईमा हुवावेको प्रविधिबाट आदानप्रदान हुने सूचना चीनले चोरी गर्न सक्ने अमेरिकी आरोप छ ।

चिनियाँ उपकरणको प्रयोग खतरापूर्ण रहेको भन्दै अमेरिकाले हुवावेलाई प्रतिबन्ध लगाउन युरोपेली सहयोगीहरूसमक्ष पैरवी गरिरहेको छ । अमेरिकी अधिकारीहरूले तिब्र गतिको फाइभ जी नेटवर्क प्रयोग गर्ने सहयोगीहरूसँग गुप्तचरी सूचना साझेदारी गर्ने बारेमा पुनर्विचार गर्नुपर्ने बताइरहेका छन् । तर हुवावेले अमेरिकी आरोपलाई लगातार अस्वीकार गरिरहेको छ । बेलायती असहयोग पछि पनि अमेरिका बेलायत बीचको “विशेष सम्बन्ध” कायम राख्ने र त्यसलाई बढावा दिने आशामा पोम्पेओ देखिएका छन् ।

गुप्तचर सूचना आदानप्रदान सम्बन्धी धम्की दिन छाडेर अन्तिम समयमा विदेश मन्त्री पोम्पेओले प्रविधि क्षेत्रको समस्याबाट जोगिन नयाँ उपायको खोजी गरिने बताए । यद्यपि उनले दोस्रो चरणको व्यापार वार्ता र सम्झौता हुनुअघि ट्रम्प प्रशासनले वाणिज्य, पूर्वाधार र प्रविधिलगायत सैन्य र कूटनीतिक रूपमा बहुआयामिक मोर्चामा चीनसँग प्रतिस्पर्धा भइरहने बताए । “हामीले सामूहिक रूपमा (पश्चिमी मुलुकले) सुनिश्चित गर्नुपर्दछ कि अर्को शताब्दी पनि पश्चिमी लोकतान्त्रिक सिद्धान्तकै सेरोफेरोमा सञ्चालित हुनु पर्दछ,” विदेश मन्त्री पोम्पेओले भने ।

चीनसँग सीमा जोडिएका मध्य एशियाका पाँचमध्ये तीन राष्ट्रमा मानव अधिकार उल्लङ्घन व्यापक रहेको पोम्पेओले आरोप लगाए । उनले कजाकिस्तानमा आइतबार भने, “हामी मानव अधिकारका सम्बन्धमा चीनमाथि दबाब सिर्जना गर्न हाम्रो अभियानमा सघाउन आग्रह गर्दछौं ।” उज्बेकिस्तानमा पोम्पेओले चीनको भन्दा अमेरिकासँगको व्यापार गर्ने मध्य एशियाली मुलुकले फाइदा उठाएको दाबी गरे ।