२ भाद्र २०८३, मंगलवार
,
Latest
‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनमा नवजात शिशुमा पनि देखियो कोरोना, गर्भमा नै संक्रमण भएको चिकित्सकहरुको आशंका



अ+ अ-

काठमाडौं । चीनको वुहानमा एक नवजात शिशुलाई समेत कोरानो भाइरस भएको पुष्टि भएको छ । कोरानोबाट संक्रमित हुने सबैभन्दा कम उमेरका व्यक्तिमा ति बच्चा रहेको चिनियाँ सञ्चार मध्यमले समेत जनाएको छ । बच्चा ३.३५ किलो तौलका छन् ।

मंगलबार कोरोना भाइरस संक्रमण भएकी आमाले हुबे प्रान्तको वुहानमा शिशुलाई जन्म दिएकी थिइन् । उनलाई गर्भावस्थामै भाइरस सरेको हो वा जन्मिएपछि सरेको हो भन्ने प्रष्ट भने भएको छैन ।

बच्चा जन्मिएको ३० घन्टामा नै कोरोना संक्रमण भएको पाइएको हो । गर्भमा नै उनलाई संक्रमण भएको हुनसक्ने आशंका यता चिकित्सकहरुले गरेका छन् । शिशु चिकित्सकको निगरानीमा छन् र उनको अवस्था स्थीर छ ।