३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

सहसचिव गायिका मनमाया पंगेनीको ‘ऐना जस्तै हिमाल हेर्दा’ सार्वजनिक

सहसचिव गायिका मनमाया पंगेनीको ‘ऐना जस्तै हिमाल हेर्दा’ सार्वजनिक
अ+ अ-

काठमाडौँ। कोशी प्रदेशको ओखलढुङ्गा जिल्लामा अवस्थित खिजिदेम्बा गाउँपालिकाका विभिन्न पर्यटकिय स्थानहरुमा छायांकन गरिएको गायिका मनमाया पङ्गेनीको नयाँ गीत ” ऎना जस्तै हिमाल हेर्दा” उत्कृष्ट म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

गायिका स्वयंकै शब्द रचना रहेको उक्त गीतमा वरिष्ठ संगीतकार राजकुमार बगरको संगीत रहेको छ भने कमल सौरागको संगित संयोजन रहेको छ ।

एभरेष्ट ग्यालरीले निर्माण गरेको उक्त म्युजिक भिडियोमा सदाबहार मोडल/ कलाकार सनम कठायत र पुनम श्रेष्ठको अभिनय रहेको छ भने छायांकन दिपक गिरि र सम्पादन विकास दाहालको रहेको छ ।

नेपाल सरकारकी सहसचिव समेत रहनु भएकी गायिका मनमाया पंगेनीको अफिसियल युट्युवबाट सार्वजनिक भएको उक्त म्युजिक भिडियो सर्वत्र चर्चा बटुल्न सफल भएको छ ।

एभरेष्ट ग्यालरीको प्रचारप्रसारको राष्ट्रिय अभियान दृश्यमा नेपाल अन्तर्गत छायांकन गरिएको उक्त म्युजिक भिडियोले छायांकन स्थल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका क्षेत्रको पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारमा टेवा पुग्ने कुरामा निर्माण कम्पनी विश्वस्त रहेको छ ।

यसै गरि नेपाल चलचित्र विकास बोर्डले समेत छायांकनका लागि उपयुक्त नेपालका विभिन्न नविनतम गन्तव्यहरुको पहिचान गरि आवश्यक प्रचारप्रसारका साथै छायांकनका कार्यहरुमा सहजीकरण गर्ने अभियान समेत थालेको छ ।