१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचारसंहितामा नयाँ बुँदा थपियो



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा सञ्चारसम्बन्धी नयाँ बुँदा थप गरेको छ ।

आयोगले आज यहाँ कार्यक्रम गरी निर्वाचन प्रचारप्रसार निषेध अवधीमा कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने व्यवस्था थप गरेको जानकारी गराएको छ ।

नयाँ प्रावधानअनुसार, अनलाइनमाध्यमको निर्वाचन प्रचारप्रसार खर्चको विवरण समेत निर्वाचन खर्चमा समावेश गर्नुपर्ने, राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले अनलाइन सञ्चारमाध्यमबाट गर्ने प्रचारप्रसारलाई व्यवस्थित गरी त्यस्तो खर्चलाई निर्वाचन खर्च विवरणमा समावेश गर्नुपर्ने व्यवस्था राखिएको छ ।

त्यस्तै, थपिएको नयाँ बँुदामा संविधानद्वारा प्रत्याभूत पूर्ण प्रेस स्वतन्त्रता र यसको स्वनियमनलाई आन्तरिकीकरण गरिएको उल्लेख छ । सामाजिक सञ्जालको परिभाषालाई विस्तृत सामाजिक सञ्जाल प्लेटफर्मको परिभाषामा गरिएको छ भने बदलिँदो समयमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को प्रयोग गरी हुने आचारसंहिताको उल्लङ्घनका विषयलाई समेटिएको छ ।

पत्रपत्रिकाका माध्यमबाट प्रचारप्रसार गर्दासम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने व्यवस्था गरिएको र अनलाइन सञ्चार माध्यमबाट रोड ब्लक, कन्टेन्ट ब्लक, होमपेज, व्यानर, डिटेल पेज व्यानर, बक्स विज्ञापन (सामाचारको बीचमा)का माध्यमबाट निर्वाचन प्रचारप्रसार गराउनसक्ने व्यवस्था मिलाइएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्यालले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नु सबैको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग जेजस्तो अवस्थामा छौँ, अधिकतम नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्नुपर्छ । अभावको पक्षलाई धेरै जोड दिन हुन्न ।”

निर्वाचन आचारसंहिताको आफूले पूर्ण रुपमा पालना गर्न र गराउन सुझाव दिँदै उहाँले आफ्नो कार्यालयको जिम्मेवारी क्षेत्रका विषयलाई गुनासो र प्रश्न नआउने गरी काम गर्न निर्देशन दिनुभयो ।

सम्भावनाका आधारमा आफ्ना संरचनालाई प्रयोग गरी नतिजा प्राप्त गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले तुलनात्मक रूपमा चुनौती देखिएको आइटीकाबारे थप छलफल हुनुपर्ने बताउनुभयो । दर्ता नभएका अनलाइन सञ्चारमाध्यमलाई दर्ताका लागि सूचना र पत्रचार गर्न सुझाव दिँदै उहाँले दर्ता नभएका अनलाइनलाई नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दिपकुमार राइले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै समितिलाई प्राप्त जिम्मेवारी समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।