९ भाद्र २०८३, मंगलवार
,
Latest
सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा कुनै गठबन्धन हुँदैनः संयोजक दाहाल



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरिने स्पष्ट पार्नुभएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय परामर्श समितिको बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, “कुनै गठबन्धन भएको छैन, हुँदैन पनि ।”

अन्य राजनीतिक दलबीच भएको र हुनसक्ने गठबन्धनबाट नेकपा नडराएको जनाउँदै संयोजक दाहालले राष्ट्रियसभामा दलहरूबीच सिट बाँडफाँट भएको कुरा झुट भएको बताउनुभयो ।

“राष्ट्रियसभामा गठबन्धन भए मात्रै सिट लिने होइन, मतभार जसको जति छ, त्यो अनुसार पाउने अधिकारको कुरा हो, यद्यपि यसबारेमा सहमति भइसकेको छैन”, उहाँले भन्नुभयो । रासस