९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैनः विष्णु पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्नेकुरामा अझै विश्वस्त हुने अवस्था नरहेको बताउनुभएको छ ।

शनिवार वुटवलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उपाध्यक्ष पौडेलले निर्भयताका साथ निर्वाचन गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लाग्न सरकारलाई सचेत पनि गराउनु भयो । उहाँले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातवरणमा निर्वाचन सम्पन्न गराउनका लागि गर्नुपर्ने मुख्यमुख्य कामहरुमा सरकारको ध्यान नगएको जिकीर समेत गर्नुभयो । निर्वाचनको कामलाई सरकारले राम्रोसँग अघि बढाउनपर्ने उपाध्यक्ष पौडेलको भनाई थियो ।

उहाँले भन्नुभयो,‘तोकिएको मितिमा निर्वाचन हुन्छ भन्ने कुरामा हामी अझै पनि विश्वस्त हुन सक्दैनौ । किनभने निर्वाचन तोकिएकै मितिमा होस तर भयरहित वातावरणमा निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन होस् । सबै मतदाताहरुले निर्भयताका साथ निर्वाचनमा भाग लिन सकुन् । सबै राजनीतिक दलहरुले निर्वाचनमा प्रतिष्पर्धा गर्न सकुन् भन्ने हाम्रो चाहना हो । तर त्यो चाहना पूरा गर्नुपर्ने हिसावले गर्नुपर्ने कामहरु अहिले पनि भईरहेका छैनन । सरकारले निर्वाचनको तयारी राम्रोसँग अघि बढाओस् । निर्वाचनसँग जोडिएका यावत कामहरु राम्रो अघि बढाओस् ।’

उपाध्यक्ष पौडेलले एमाले निर्वाचनको पक्षमा सधैं रहेको समेत बताउनु भयो ।