भक्तपुरकाे खरिपाटीमा चीनकाे उहानबाट ल्याइने नेपालीहरूलाइ १५ दिन क्वारेन्टाइनमा राखिने छ । यहाँ करिब १८५ जनालाइ राखिने छ । परिवारका कुनै सदस्यलाइ पनि भेट्न नदिइने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।
प्रस्तुत छ केही तस्वीरहरूः

चीनको वुहान सहरमा रहेका नेपाली स्वदेश फर्कन विमानस्थलतर्फ जानेक्रममा वसमा चढदै । तस्बिर सौंजन्य ः डा.सुधिर राउत, रासस 
चीनको उहान सहरमा रहेका नेपालीहरुलाई नेपाल फकाउर्नको लागि विमानस्थल तर्फ लानेक्रममा वसमा चढदै नेपालीहरु । तस्बिर सौंजन्य ः डा.सुधिर राउत, रासस 
सरकारले चीनको वुहानबाट आईतबार राती ल्याउने नेपालीहरुलाई राख्न भक्तपुर, ३ फागुन । सरकारले चीनको वुहानबाट ल्याउने नेपालीलाई राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरण परिसरमा बनाएको क्वारेन्टाईन स्थल सफाइ गर्दै सेना । तस्विर ः रमेश गिरी, रासस 
भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणमा बनाएको क्वारेन्टाइन भवनमा चीनबाट फर्काइएका नेपाली सुत्ने कक्ष, जहाँ सम्पूर्ण सामानको व्यवस्था गरिएको छ । तस्वीर ः रमेश गिरी, रासस 
भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणमा बनाएको क्वारेन्टाइन भवनमा टेलिभिजन कक्षको निरीक्षण गरिँदै । चीनबाट फर्काइएका नेपालीलाई राख्ने व्यवस्था गरिएको भवनको प्रत्येक तलामा यस्तो सुविधा छ । तस्विर ः रमेश गिरी, रासस 
सरकारले चीनको वुहानबाट ल्याउने नेपालीलाई राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरण परिसरमा बनाएको क्वारेन्टाइनस्थल सफाइ गर्दै जुद्ध वारुण यन्त्रका कर्मचारीलगायत । तस्विर ः रमेश गिरी, रासस 
चीनको वुहानबाट ल्याइने नेपालीलाई राख्न भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणमा बनाइएको क्वारेन्टाइनस्थल । सरकारले वुहानमा बसोबास गर्दै आएका नेपालीलाइ स्वदेश ल्याउने तयारी गरिरहेको छ । तस्विर ः रमेश गिरी, रासस








