५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस: हालसम्म १६ सय ६५ जनाको मृत्यु



अ+ अ-

काठमाडौंः कोरोना भाइरसको संक्रमणबाट चीनमा ज्यान गुमाउनेको संख्या १६ सय पुगेको छ । आज चिनियाँ स्वास्थ्य आयोगका अधिकारीले बिहान सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार शनिबार मात्रै थप १ सय ४२ जनाको मृत्यु भएको छ ।

यो सँगै कोरोना भाइरसबाट ज्यान गुमानेको हालसम्मको संख्या १६ सय ६५ पुगेको छ । त्यस्तै संक्रमितको संख्या चीनमा हिजो दुई हजार ९ जना नयाँ संक्रमित थपिएका छन् र अब संक्रमितको संख्या ६८ हजार ५ सय नाघेको अधिकारीहरुले जनाएका छन् । त्यस्तै, फ्रान्समा पनि हुबेई प्रान्तबाट भ्रमणमा गएका एक चिनियाँ पर्यटकको मृत्यु भएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाए अनुसार विश्वका झण्डै २५ मुलुकमा कोरोना भाइरस फैलिइसकेको छ । साथै (डब्लुएचओ) ले उक्त भाइरससँग लडिरहेको चीनलाई सहयोग गर्नसमेत सबैलाई आग्रह गरेको छ ।