३ भाद्र २०८३, बुधबार
,
Latest
विद्युतमा लगाइएको भ्याट खारेजी र ट्रंक लाइनको वक्यौता उठाउन माग गर्दै हस्ताक्षर अभियान जारी रास्वपा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन, सरकारको कामकारबाहीबारे समीक्षा कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनिस लिगमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमै सिमित



अ+ अ-

स्पेनिस लिगमा शीर्ष स्थानको रियल मड्रिडले बराबरी खेलेको छ । आईतबार राति भएको खेलमा सेल्टा डी भिगोसंग रियलले २–२ गोलको बराबरी खेल्दै अंक बाँड्न परको हो । फेडर स्मोलोभले स्पेनिस लिगमा पहिलो गोल गर्दै सेल्टालाई सातौं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा रियलका लागि टोनी क्रुसले बराबरी गोल गरे । सर्जियो रामोसले ६५ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई अगाडी बढाएका थिए ।

खेल सकिन ५ मिनेट बाँकी छदाँ सेल्टाका मिना लोरेन्जोले गोल गर्दै रियलसंग अंक खोस्न सफल रहे । रियलका लागि इडेन हजार्ड लामो समयपछि मैदान फर्किएका थिए । बेलले गोलका प्राप्त अवसरलाइ सदुपयोग गर्न सकेनन् भने रामोसको गोलले मान्यता नपाउँदा रियलले अंक बाँड्न बाध्य रह्यो ।

रियलले सन् २०१२ मा पछिल्लो पटक स्पेनिस लिगको उपाधि जितेको थियो । लिगमा अब १४ खेल बाँकी रहदाँ रियलले दोस्रो स्थानको बार्सिलोनासंग एक अंकको अग्रता लिएको छ । रियल ५३ अंक सहित शीर्ष स्थानमा छ । सेल्टा २१ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।