१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनिस लिगमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमै सिमित



अ+ अ-

स्पेनिस लिगमा शीर्ष स्थानको रियल मड्रिडले बराबरी खेलेको छ । आईतबार राति भएको खेलमा सेल्टा डी भिगोसंग रियलले २–२ गोलको बराबरी खेल्दै अंक बाँड्न परको हो । फेडर स्मोलोभले स्पेनिस लिगमा पहिलो गोल गर्दै सेल्टालाई सातौं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा रियलका लागि टोनी क्रुसले बराबरी गोल गरे । सर्जियो रामोसले ६५ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई अगाडी बढाएका थिए ।

खेल सकिन ५ मिनेट बाँकी छदाँ सेल्टाका मिना लोरेन्जोले गोल गर्दै रियलसंग अंक खोस्न सफल रहे । रियलका लागि इडेन हजार्ड लामो समयपछि मैदान फर्किएका थिए । बेलले गोलका प्राप्त अवसरलाइ सदुपयोग गर्न सकेनन् भने रामोसको गोलले मान्यता नपाउँदा रियलले अंक बाँड्न बाध्य रह्यो ।

रियलले सन् २०१२ मा पछिल्लो पटक स्पेनिस लिगको उपाधि जितेको थियो । लिगमा अब १४ खेल बाँकी रहदाँ रियलले दोस्रो स्थानको बार्सिलोनासंग एक अंकको अग्रता लिएको छ । रियल ५३ अंक सहित शीर्ष स्थानमा छ । सेल्टा २१ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।