४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत
अ+ अ-

काठमाडौं । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ ।

उहाँले विकास गरेको ‘इलेक्ट्रो–लिथ’ प्रविधिले सन् २०२६ को प्रतिष्ठित अन्तरराष्ट्रिय ‘अनुसन्धान तथा विकास (आरएण्डडी)–१०० एवार्ड’ जित्न सफल भएकाले उहाँलाई सम्मान गरिएको हो । डा अधिकारी अमेरिकाको प्रतिष्ठित आर्गोन राष्ट्रिय प्रयोगशालामा कार्यरत हुनुहुन्छ ।

उहाँको टोलीले विकास गरेको इलेक्ट्रो–लिथ प्रविधि विश्वभरबाट छनोट गरिएका यस वर्षका १०० उत्कृष्ट प्राविधिक नवप्रवर्तनमा पुरस्कृत भएको हो । यस पुरस्कारलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रायः ‘ओस्कार अफ इनोभेसन’ अर्थात् नवप्रवर्तनको ओस्कारका रूपमा चिनिन्छ ।

विश्वका विभिन्न अनुसन्धान संस्था, विश्वविद्यालय तथा उद्योगबाट विकास भएका हजारौँ प्रविधिमध्ये प्रभावशाली १०० प्रविधिलाई प्रत्येक वर्ष यो सम्मान प्रदान गरिन्छ ।

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको छ ।

यस अनुसन्धानले परम्परागत उत्पादन प्रक्रियालाई सरल बनाउन सक्ने भएकाले यस प्रविधिले ब्याट्री निर्माणमा समय र ऊर्जा बचत गर्नुका साथै उत्पादन लागत घटाउनेछ ।

बेलायतको सुरी विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातकोत्तर गरी अमेरिकाको वेक फरेष्ट विश्वविद्यालयबाट रसायनशास्त्रमा विद्यावारिधि गर्नुभएका उहाँले एक दशकभन्दा लामो अनुसन्धान अनुभवमा ऊर्जा, ब्याट्री, इलेक्ट्रोक्याटालाइसिस, उन्नत सामग्री तथा नयाँ उत्पादन प्रविधिका विभिन्न क्षेत्रमा अनुसन्धान गर्नुभएको छ ।

सन् २०२६ का ‘अनुसन्धान तथा विकास–१०० एवार्ड’ विजेताहरूलाई औपचारिक रूपमा आगामी नोभेम्बरमा अमेरिकाको एरिजोनामा आयोजना हुने विशेष समारोहमा सम्मान प्रदान गरिनेछ ।

विश्वभरका वैज्ञानिक, इन्जिनियर, अनुसन्धानकर्ता, प्रविधि विकासकर्ता तथा उद्योग क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने उक्त समारोहमा यस वर्षका उत्कृष्ट १०० प्रविधिको सफलता मनाइने बताइएको छ ।

नेपालमा अध्ययन गरेर अन्तरराष्ट्रिय अनुसन्धान क्षेत्रमा प्रवेश गर्न सकिन्छ भन्ने उदाहरण आफ्नो यात्राले दिएको बताउँदै उहाँ भन्नुहुन्छ, “नेपालका विद्यार्थीमा प्रतिभाको कमी छैन । अवसर, मिहिनेत र निरन्तर सिकाइ आवश्यक हुन्छ । आफूले रोजेको क्षेत्रमा इमानदारीपूर्वक काम गर्दै जाने हो भने नेपालबाट पनि विश्वस्तरीय अनुसन्धान गर्न सकिन्छ ।”

विज्ञान तथा प्रविधिलाई नेपालमा पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै विशेषगरी युवापुस्तालाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रमा आकर्षित गर्नुपर्ने उहाँको धारणा छ ।