१८ भाद्र २०८३, बिहीबार
,
Latest
इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेडेटारमा तीनदिने खाना महोत्सव हुँदै



अ+ अ-

धनकुटा। यही पुस १६ देखि १८ गतेसम्म भेडेटारमा १३औंँ खाना महोत्सव आयोजना गरिने भएको छ ।

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पूर्वी भारतका पर्यटकलाई लक्षित गरेर होटल एसोसियसन भेडेटारले विगतमाझैँ यसवर्ष पनि महोत्सव आयोजना गरेको हो ।

यसवर्ष महोत्सवको प्रचारका लागि भारतीय सञ्चार माध्यमको सहयोग लिइएकाले होटलहरुमा विगतका वर्षहरु भन्दा बढी व्यापार हुने हुने अपेक्षा गरिएको महोत्सव आयोजक होटल एसोसियसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले बताउनुभयो ।

साँगुरीगढी गाउँपालिका–६ भेडेटार बजारमा हुन लागेको यस महोत्सवमा स्थानीयस्तरमा उत्पादित फलफूल, तरकारी र घरेलु उत्पादनको प्रदर्शनी रहनेछ ।

यहाँ आउने पर्यटकले विभिन्न जातजातिको खानाका परिकारकोसाथै स्काई वाक, साँगुरीगढी, नमस्ते झरना, ध्वजेडाँडा र भ्युटावर, होमस्टेलगायत विभिन्न १९ वटा गन्तव्यको भ्रमण अवलोकन गर्न सक्ने आयोजकले जनाएको छ । रासस