५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनबाट उद्वार गरिएका मानिस सवार बसमा आक्रमण



अ+ अ-

काठमाडौं । चीनको वुहानबाट उद्वार गरिएका मानिस सवार बसमा आक्रमण भएको छ । युक्रेनको मध्य–क्षेत्रमा रहेको सहर नोभी स्यान्झारीका स्थानीयले बसमा आक्रमण गरेका हुन् ।

वुहानबाट फिर्ता गरिएका मानिसहरुमा कोरोना भाइरस छ भन्ने हल्ला फैलिएपछि आक्रमण भएको बताइएको छ । बसमा ४५ युक्रेनी र २७ विदेशी सवार थिए भने उनीहरुको लागि नोभी स्यान्झारी सहरमा क्वारेन्टाइन बनाइएको थियो ।

स्थानीयले सडकमा टायर बालेर विरोधसमेत गरेका छन् । सहर पस्ने पुलमा समेत बस छिर्न नदिन अवरोध पुर्याएका थिए । उनीहरुले बसमा ढुङ्गामुडा गरेर बसका सिसाहरु समेत फुटाएका छन् । बसको सुरक्षाको लागि सयौँ प्रहरी खटिएका थिए ।

राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले प्रदर्शनकारीलाई मानिसको रुपमा अर्को मानिसप्रति करुणा प्रदर्शन गर्न आह्वान गरेका थिए ।