२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालाई स्वर्ण



अ+ अ-

आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको छ । नेपालले पुरुष टिम इभेन्टमा स्वर्ण जितेको प्रशिक्षक कृष्णराज घलेले जनाएका छन् । इन्डोनेसियाको जकार्तामा भएको प्रतियोगिताको फाइनलमा नेपालले श्रीलंकालाई २–१ ले पराजित गर्दै स्वर्ण जितेको हो ।

त्यसअघि नेपालले पाकिस्तानलाई २–१, सिरियालाई ३–० तथा सिंगापुरलाई २–१ ले हराएको थियो । यु–१४ उमेरसमूहको प्रतियोगितामा नेपालबाट अकी जुवेन रावत, आरभसम्राट हाडा र प्रणव मानन्धरले प्रतिस्पर्धा गरेका थिए ।

पहिलो भएको नेपाल अस्ट्रेलियामा मार्चमा हुने वल्र्ड जुनियर टेनिस प्रतियोगिताका लागि छनोट भएको छ । दोश्रो भएको श्रीलंका पनि छनोट भयो ।