३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाथिर मोहम्मदले दिए राजीनामा, गहिरियो राजनीतिक सङ्कट



अ+ अ-

क्वालालम्पुर । मलेसियाका वयोवृद्ध प्रधानमन्त्री महाथिर मोहम्मदले मलेसियाका राजासमक्ष प्रधानमन्त्री पदबाट सोमबार राजीनामा गर्नु भएको छ । दुई वर्ष पहिले निर्वाचनमा विजयी हुनु भएका महाथिरको सत्तारुढ गठबन्धनका सांसदहरुले सत्ता छाड्ने एकाएक निर्णय गरेपछि उहाँ राजीनामा गर्न बाध्य हुनु भएको हो ।

प्रधानमन्त्रीको कार्यालयले जारी गरेको संक्षिप्त वक्तव्यमा सोमबार अपराह्न १ बजे प्रधानमन्त्री महाथिरले राजा समक्ष राजीनामा गर्नु भएको उल्लेख छ, तर राजीनामाको बारेमा विस्तृत केही बताइएको छैन ।

प्रधानमन्त्री महाथिरकै दलका सांसदहरुले विपक्षी दलसँग साँठगाँठ गरेर नयाँ सरकार गठन गर्ने तयारी गरेपछि उहाँ राजीनामा गर्न बाध्य हुनु भएको हो । महाथिरले आफ्नो उत्तराधिकारीका रुपमा अनवर इब्राहिमलाई अघि सार्न खोजेको भन्दै पार्टीभित्र असन्तोष चुलिएको थियो ।

राजीनामा दिनुअघि महाथिरको बर्सातु पार्टीले सत्ता गठबन्धन त्याग्ने तर महाथिरलाई प्रधानमन्त्रीका रुपमा समर्थन जारी राख्ने जनाएको छ । सरकारमा सम्मिलित मन्त्रीहरु समेत ११ जना सांसदले अनवरको पार्टी परित्याग गर्ने घोषणा गरेका छन् ।

महाथिरको बर्सातु र अनवरको पार्टीका झण्डै ५० जना सांसदले सत्ता गठबन्धन त्यागेको अवस्थामा अनवरलाई पनि सरकार गठन गर्न मुश्किल हुनेछ ।

महाथिर र अनवर दुबैले मलेसियाको राजनीतिमा वर्षौंदेखि प्रभाव पारिरहेका छन् । यी दुई वरिष्ट नेताको अग्रसरतामा सन् २०१८ को चुनावमा तत्कालीन सरकार परास्त भएको थियो । चुनाव अघि यी दुई नेताबीच निश्चित समयभित्र आलोपालो सरकार चलाउने सहमति भएको थियो, तर महाथिरले अनवरलाई सत्ता हस्तान्तरण गर्न ढिलाई गर्नु भएको थियो ।

अनवरले सोमबार नै सरकारले अघि सारेको सुधारको कार्ययोजना सन्तोषप्रद रहेको बताउनु भएको छ । तर उहाँले सत्ता गठबन्धनका बारेमा केही बताउन चाहनु भएन ।

पछिल्लो राजनीतिक सङ्कटका कारण भ्रष्टाचारको आरोपमा मुद्दा झेलिरहनु भएका मलाए पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री नजिब रजाकको भूमिका फेरि बढ्ने अनुमान गरिएको छ । कट्टरपन्थी इस्लामिक पार्टीसँग गठबन्धन गरेको मलाए पार्टीको प्रभाव मलेसियाको राजनीतिमा पुनः देखिने छ ।

अनवर र उहाँकी पत्नी उपप्रधानमन्त्री वान अजिजा वान इस्माइलले पनि सोमबार राजालाई भेट्ने कार्यक्रम तय भएको छ । वान अजिजाले ट्वीट गर्दै “मानिसहरुले योजना बनाउन सक्छन् तर अल्लाहले निर्णय गर्नुहुन्छ” भन्नु भएको छ ।

विज्ञहरुले मलेसियाली राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले संसदमा कुन पक्षको बहुमत छ भनेर निर्णय गर्न वा नयाँ चुनाव घोषणा गर्न सक्ने बताएका छन् । उनीहरुले नयाँ सरकारको गठनले मलाए इस्लामिक पार्टीको बर्चश्व र प्रभाव मुलुकमा देखिने र त्यसले मलेसियाको बहुजातीय सामाजिक संरचनामाथि सङ्कट निम्त्याउने चेतावनी दिएका छन् ।

“महाथिरको मुख्य राजनीतिक प्राथमिकता नै अनवरलाई प्रधानमन्त्री बनाउन ढिलाई गर्नु हो,” सिंगापुरस्थित अन्तर्राष्ट्रिय अध्ययन इन्स्टिच्यूटका वरिष्ट अनुसन्धाता ओह इ सुनले बताउनुभयो । “यदि नयाँ सरकार गठन भएमा मलेसिया प्रतिगामी अवस्थातर्फ धकेलिने छ, र यहाँ जातीय एवं धार्मिक अतिवादले अझ गहिरोसँग जरो गाड्ने छ ।”