२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काष्ठमण्डप क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौं । काष्ठमण्डप दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । काष्ठमण्डपले युनाइटेडलाई १०–१ को फराकिलो गोलअन्तरले पराजित गर्यो । काष्ठमण्डपका रिवाज गुरुङले शानदार प्रदर्शन गर्दै ८ गोल गरे । बाँकी दुई गोल प्रभात लिम्बूले थपे । युनाइटेडका प्रनन् थिङले सान्त्वना गोल फर्काए । युनाइटेडकै प्रयत्न थापा ‘म्यान अफ द म्याच’ घोषित भए ।

लोयल्टी एकेडेमीद्वारा आयोजित प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) र टीआईए पनि क्वाटरफाइनलमा पुगे । एलएले विद्या संस्कारलाई ५–० गोलले हरायो । एलएका दिवस घर्ती मगर र आयुश ऐरले समान २ तथा प्रनन् तुलाधरले १ गोल गरे । विद्या संस्कारका शुलभ कार्की ‘म्यान अफ द म्याच’ चुनिए । टीआईएले आयोजक लोयल्टी ‘ए’ लाई ४–१ गोलले पाखा लगायो ।

टीआईएका किजय भण्डारीले २ तथा सक्षम डंगोल र प्रभात गोदारले १–१ गोल गरे । लोयल्टी ‘ए’ का अर्विन्द सुवेदी ‘म्यान अफ द म्याच’ बने । प्रतियोगिताअन्तर्गत शुक्रबार हिमालयन र आयोजक लोयल्टी ‘बी’ तथा टाइमलाइन र शिशु मिलनबीच खेल हुने छ ।