६ असार २०८३, शनिबार
,
Latest
आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन



फाईल फोटो
अ+ अ-

काठमाडौँ। सरकारसँग वार्ता गर्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले तीन सदस्यीय समिति गठन गरेको छ ।

सो अभियानले राखेका सम्बोधन गर्न सकिने मागबारे छलफल गर्न सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको संयोजकत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरेसँगै अभियानले पनि वार्ता टोली गठन गरेको आज विज्ञप्तिमार्फत जनाएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महाभियानले केन्द्रीय सचिव प्रेमदीप लिम्बूलाई वार्ता समितिका संयोजक र सदस्यहरूमा देवीप्रसाद सङ्ग्रौला र प्रेम थापा मगरलाई राखेको छ ।

विज्ञप्तिमा भनिएको छ, “आइतबार मात्रै सरकारले आगामी २ पुसमा वार्ता गर्ने भनी भनेको छ, हामीले पनि छलफलका लागि वार्ता टोलीको नाम टुङ्गो लगाएर पठाएका छौँ ।”

अभियानले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने र रोजगारी सिर्जना गर्नुपर्नेलगायत विभिन्न २७ बुँदे माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । रासस