२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: बायर्नसँग चेल्सी स्तब्ध



अ+ अ-

लन्डन । सर्ज जनार्बीले बायर्न म्युनिखलाई युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको संघारमा पुर्याएका छन् । उनको दुई गोलको मद्दतले बायर्नले स्टायनफोर्ड ब्रिजमा भएको अन्तिम १६ पहिलो लेगको खेलमा चेल्सीलाई ३–० ले हरायो । गत सिजन बायर्नले टोटनहमलाई ७–२ ले हराउँदा पनि यी जर्मन खेलाडीले चार गोल गरेका थिए । चेल्सीविरुद्ध जनार्बीले तीन मिनेटको अन्तरमा दुई गोल गरे ।

बायर्नको तेस्रो गोल रोबर्टो लेवनडोस्कीको नाममा रह्यो । खेलको ८३ औं मिनेटमा डिफेन्डर मार्कोस एलोन्सोले रातो कार्ड खाए र चेल्सी १० खेलाडीमा सीमित रहेको थियो । अब दोस्रो लेगको खेल मार्च १८ मा म्युनिखमा हुनेछ र त्यसमा फर्कन चेल्सीले चमत्कारी प्रदर्शन गर्नु पर्नेछ । पूर्व आर्सनल खेलाडी फेरि एकपल्ट लन्डन भूमिमा नायक सावित भए ।

आर्सनलमा छँदा असफल रहेका जनार्बीलाई ऋणमा वेस्ट ब्रुम समेत पठाइएको थियो । तर बायर्न गएयता यी २४ वर्षीय विन्गरले पुर्नजीवन पाएका छन् । घरमै बेहारेको स्तब्धपूर्ण हारले चेल्सी भने प्रतियोगिताबाट बाहिरिने निश्चित स्थितिमा पुगेको छ ।