३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

लियोनसंग युभेन्टस स्तब्ध



अ+ अ-

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा लियोनले युभेन्टसलाई हराएको छ । घरेलु मैदानमा ईटालियन च्याम्पियन युभेन्ट्सलाई हराउँदै लियोनले पहिलो लेगको खेलमा १–० को अग्रता लिएको हो । खेलको ३१ औं मिनेटमा लुकास टुसर्टले घरेलु टोलीका लागि विजयी गोल गरेका थिए ।

फ्रेन्च क्लबबिरुद्ध निकै आत्मविश्वासी देखिएको युभेन्टसले पहिलो लेगमा गोल गर्न असफल रह्यो । पाहुना टोलीले अधिकांश समय बल पोजिसनमा पकड जमाएपनि गोल निकाल्न भने सकेन ।

गोलका लागि संघर्षरत युभेन्टसका लागि पाउलो ड्याबालाले खेलको अन्तिम समयमा गोल गरेका थिए । तर रेफ्रीले गोललाई अफसाईडको मान्यता दिएका थिए । दोस्रो लेगको खेल मार्च १७ मा युभेन्ट्सको घरेलु मैदान एलिनाज स्टेडियममा हुनेछ ।