२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लियोनसंग युभेन्टस स्तब्ध



अ+ अ-

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा लियोनले युभेन्टसलाई हराएको छ । घरेलु मैदानमा ईटालियन च्याम्पियन युभेन्ट्सलाई हराउँदै लियोनले पहिलो लेगको खेलमा १–० को अग्रता लिएको हो । खेलको ३१ औं मिनेटमा लुकास टुसर्टले घरेलु टोलीका लागि विजयी गोल गरेका थिए ।

फ्रेन्च क्लबबिरुद्ध निकै आत्मविश्वासी देखिएको युभेन्टसले पहिलो लेगमा गोल गर्न असफल रह्यो । पाहुना टोलीले अधिकांश समय बल पोजिसनमा पकड जमाएपनि गोल निकाल्न भने सकेन ।

गोलका लागि संघर्षरत युभेन्टसका लागि पाउलो ड्याबालाले खेलको अन्तिम समयमा गोल गरेका थिए । तर रेफ्रीले गोललाई अफसाईडको मान्यता दिएका थिए । दोस्रो लेगको खेल मार्च १७ मा युभेन्ट्सको घरेलु मैदान एलिनाज स्टेडियममा हुनेछ ।