३ भाद्र २०८३, बुधबार
,
Latest
‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते



अ+ अ-

काठमाडाैँ । राष्ट्रियसभाले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

राष्ट्रियसभा आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो ।

यसअघि बैठकमा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर मन्त्री शिशिर खनालले, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर मन्त्री सोविता गौतमले र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर मन्त्री खडक राज पौडेलले टेबुल भएको थियो । राष्ट्रियसभाको अर्काे बैठक यही भदौ ५ गते दिउँसो १ः१५ बजे बस्नेछ ।