२६ मंसिर २०८२, शुक्रबार
,
Latest
एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने एमालेको सचिवालय बैठक बस्दै, पदाधिकारीको संख्या फेरि बढाउने ! यसरी तयार हुदैछ एमालेको ११ औँ महाधिवेशन स्थल पैसठ्ठी वर्षका ऐरको ठेला व्यवसाय, स्वाभिमान र मेहेनतको जिउँदो कथा निर्वाचन आउन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको सचिवालय बैठक बस्दै, पदाधिकारीको संख्या फेरि बढाउने !



अ+ अ-

काठमाडौ । नेकपा एमालेको ११ औँ महाधिवेशन २७ मङ्सिर सुरु हुदैछ । नेतृत्वको आकाक्षी धेरै भएपछि एमालेले पदाधिकारीको संख्या फेरि बढाउने तयारी गरेको छ । आज बस्ने सचिवालय बैठकले पदाधिकारीको संख्या बढाउने निर्णय हुने एक सदस्यले जानकारी दिनुभयो ।बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्दैछ । बैठकले एकसय ८ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनित गर्ने तयारी समेत गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीओलीले बिहिबार सम्पादकहरुसंगको छलफलमा भन्नुभयो ‘यो बिषय शुक्रबार बस्ने सचिवालयको अन्तिम बैठकले यो कुराको तय लाग्छ । शुक्रबार सम्म कुर्नुपर्छ ।’

अध्यक्ष ओलीले चलाखीपूर्ण निर्णय गर्दै पदाधिकारीको संख्या बढाउने तयारी गर्नुभएको छ । अहिले १९ जना पदाधिकारी रहँदै आएकोमा एमालेमा आगामी महाधिवेशनपछि त्यसलाई घटाएर १५ जनामा सीमित गर्ने प्रस्ताव यसअघि नै पारित भइसकेको थियो । तर अझै एक कार्यकाल नेतृत्व गर्ने तयारीमा रहेका ओलीले आफ्नो पक्षलाई बलियो बनाउन र नेताहरुलाई भागबन्डा पुर्‍याउन पदाधिकारी थप्न खोजेका हुन् ।

एमालेको गत भदौमा भएको विधान महाधिवेशनले पार्टी पदाधिकारी १५ सदस्यीय र केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय बनाउने निर्णय गरेको थियो । तर अहिले पार्टीबाट विगतमा अलग भएर गएकाहरु फर्किएको र नेताहरुको व्यवस्थापन गर्न पदाधिकारीको संख्या बढाएर पुनस् १९ जना नै बनाउने तयारी भएको हो ।

यो पनि पढ्नुहोस- एमालेमा ओलीको अर्को अस्त्र, पदाधिकारीको संख्या फेरि बढाउने !

विधानको धारा १६ (२) मा तीन सय एकको केन्द्रीय कमिटीलाई संशोधन गर्दै १५ सदस्यीय पदाधिकारीसहित र्२ सय ५१ को केन्द्रीय कमिटी हुने व्यवथा गरिएको थियो । त्यसैगरी वरिष्ठ उपाध्यक्षको व्यवस्थापन पनि हटाइएको थियो । उपाध्यक्षको संख्या तीनमा झारिएको थियो । तर अब वरिष्ठ उपाध्यक्ष, पाँच जना उपाध्यक्ष र ७ सचिव नै राख्ने तयारी छ ।

स्थायी कमिटी र पोलिटब्यूरो सदस्यको सङ्ख्या पनि पनि बढाइने भएको छ । यसअघि ४५ सदस्यीय स्थायी कमिटीलाई घटाएर पार्टीका १५ जना पदाधिकारीलाई मात्र स्थायी कमिटीका रूपमा राख्ने निर्णय भएको थियो । यस्तै ९९ सदस्यीय पोलिटब्यूरोको सङ्ख्या घटाएर बढीमा एकतिहाइ रहने व्यवस्था गरिएको थियो ।

मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको ११औं महाधिवेशनमा अध्यक्ष ओलीले आफू निकटहरुलाई पद बाँड्न पनि पदाधिकारीको संख्या थप गर्न लागेका हुन् ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पदाधिकारीको सख्या थप गर्ने निर्णय स्वीकार नहुने बताउनु भयो उहाँले न्यूजपोलारसंग भन्नुभयो ‘बहुमत छ भन्दैमा बिधान मिच्न पाईदैन । उहाँले भन्नुभयो ‘हिजो नहटाऔ भन्दा अध्यक्ष ओलीले नै हठात रुपमा हटाउनु भयो , आज आफुलाई अप्ठारो पर्दा फेरी व्यूताउने कार्य स्वीकार हुन सक्दैन ।”