२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

एमालेमा ओलीको अर्को अस्त्र, पदाधिकारीको संख्या फेरि बढाउने !

एमालेमा ओलीको अर्को अस्त्र, पदाधिकारीको संख्या फेरि बढाउने !
अ अ+ अ-

काठमाडौं । महाधिवेशन नजिकिँदै गर्दा नेकपा एमालेले पदाधिकारीको संख्या फेरि बढाउने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले चलाखीपूर्ण निर्णय गर्दै पदाधिकारीको संख्या बढाउने तयारी गरेका हुन् । जबकी अहिले १९ जना पदाधिकारी रहँदै आएकोमा एमालेमा आगामी महाधिवेशनपछि त्यसलाई घटाएर १५ जनामा सीमित गर्ने प्रस्ताव यसअघि नै पारित भइसकेको थियो । तर अझै एक कार्यकाल नेतृत्व गर्ने तयारीमा रहेका ओलीले आफ्नो पक्षलाई बलियो बनाउन र नेताहरुलाई भागबन्डा पुर्‍याउन पदाधिकारी थप्न खोजेका हुन् ।

एमालेको गत भदौमा भएको विधान महाधिवेशनले पार्टी पदाधिकारी १५ सदस्यीय र केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय बनाउने निर्णय गरेको थियो । तर अहिले पार्टीबाट विगतमा अलग भएर गएकाहरु फर्किएको र नेताहरुको व्यवस्थापन गर्न पदाधिकारीको संख्या बढाएर पुन: १९ जना नै बनाउने तयारी भएको हो ।

विधानको धारा १६ (२) मा तीन सय एकको केन्द्रीय कमिटीलाई संशोधन गर्दै १५ सदस्यीय पदाधिकारीसहित र्२ सय ५१ को केन्द्रीय कमिटी हुने व्यवथा गरिएको थियो । त्यसैगरी वरिष्ठ उपाध्यक्षको व्यवस्थापन पनि हटाइएको थियो । उपाध्यक्षको संख्या तीनमा झारिएको थियो । तर अब वरिष्ठ उपाध्यक्ष, पाँच जना उपाध्यक्ष र ७ सचिव नै राख्ने तयारी छ ।

स्थायी कमिटी र पोलिटब्यूरो सदस्यको सङ्ख्या पनि पनि बढाइने भएको छ । यसअघि ४५ सदस्यीय स्थायी कमिटीलाई घटाएर पार्टीका १५ जना पदाधिकारीलाई मात्र स्थायी कमिटीका रूपमा राख्ने निर्णय भएको थियो । यस्तै ९९ सदस्यीय पोलिटब्यूरोको सङ्ख्या घटाएर बढीमा एकतिहाइ रहने व्यवस्था गरिएको थियो । यी पदका विषयमा पनि महाधिवेशनमा पुन छलफल गरी टुंगो लगाउने तयारी छ ।

मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको ११औं महाधिवेशनमा अध्यक्ष ओलीले आफू निकटहरुलाई पद बाँड्न पनि पदाधिकारीको संख्या थप गर्न लागेका हुन् । महाधिवेशनमा आफ्नो विपक्षीमा उभिनेहरुलाई तह लगाउन र आफू निकटलाई जिम्मेवारी दिने गरी उनले तयारी थालेका हुन् ।

ओलीले आफू र पार्टीलाई संकट परेका बेला साथ दिनेहरुलाई पद बाँड्ने तयारी गरेका छन् । तर यसबारे ठोस निर्णय भने भइसकेको छैन ।

११ औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी जानकारी सचिवालय बैठकमा दिइसकेका छन् । उनले ओलीलाई चुनौती दिने गरी उम्मेदवारी दिने बताइएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूलाई चुनौती दिने भएपछि ओली पनि झस्किएका छन् । अहिलेसम्म पोखरेलले ओलीलाई सहयोग गर्दै आएका थिए । तर ओलीविरुद्ध नै पोखरेलले उम्मेदवारी दिने भएपछि एमालेमा नयाँ बहससमेत ल्याएको छ ।

आगामी कार्यकालका लागि आफू सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहना छ । तर त्यो सम्भावना नदेखिएपछि उनले नेता व्यवस्थापन गर्न र आफ्ना विरोधीहरुलाई ठीक ठाउँमा ल्याउन पदाधिकारीमै थप पदको व्यवस्था गर्न लागेका हुन् । यसले एमालेभित्र फेरि अर्को नयाँ बहसको सुरुवात भएको छ ।

११औं महाधिवेशनका लागि एक दर्जन समिति गठन

यसैबीच एमालेले ११औं महाधिवेशनका लागि विभिन्न समिति गठन गरेको छ ।

सचिवालयको बिहीबारको बैठकले प्रतिनिधि व्यवस्थापनका लागि संगठन विभाग प्रमुख काशीनाथ अधिकारी संयोजक र सोही विभागका सचिव माधव ढुंगेल सदस्य–सचिव रहेको प्रतिनिधि व्यवस्थापन समिति, उपमहासचिव प्रदीप ज्ञवाली संयोजक र बागमती प्रदेश इन्चार्ज राजन भट्टराई सचिव रहेको जनपरिचालन समिति गठन गरेको छ ।

त्यस्तै सचिव छबिलाल विश्वकर्मा संयोजक तथा लालबाबु पण्डित सचिव रहेको आवास व्यवस्थापन समिति, सचिव लेखराज भट्ट संयोजक र भीम अधिकारी सचिव रहेको खाद्य व्यवस्थापन समिति, सचिव गोकर्ण विष्ट संयोजक तथा रचना खड्का सचिव रहेको यातायात व्यवस्थापन समिति, सचिव रघुवीर महासेठ संयोजक र महेश बस्नेत सचिव रहेको अतिथि सत्कार समिति बनाएको छ ।

सचिव पद्मा अर्याल संयोजक तथा राजेन्द्र गौतम सचिव रहेको प्रचारप्रसार समिति, भानुभक्त ढकाल संयोजक र विनोद पाण्डे सचिव रहेको स्वयंसेवक परिचालन समिति, विनोद श्रेष्ठ संयोजक तथा लोकबहादुर भण्डारी सचिव रहेको मञ्च व्यवस्थापन समिति, कृष्णगोपाल श्रेष्ठ संयोजक र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष सचिव रहेको स्वास्थ्य समिति, विष्णु रिमाल संयोजक तथा विनोद श्रेष्ठ सचिव रहेको आर्थिक समिति, महासचिव शंकर पोखरेल संयोजक, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सचिव र योगेश भट्टराई सदस्य रहेको सचिवालय समिति बनाएको छ ।

निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा संयोजक रहेको निर्वाचन संयोजन समिति गठन गर्ने निर्णय भएको एमालेले जनाएको छ ।