२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्यास लिँदै मारिया सारापोभा



अ+ अ-

विश्व प्रख्यास रसियन टेनिस सुन्दरी मारिया सारापोभाले टेनिस खेलबाट सन्यासको घोषणा गरेकी छन् । पछिल्लो समय चोटका कारण खेल्न नसकेकी सारापोभाले आफु खेलका लागि फिट नभएको भन्दै सन्यास लिने बताएकी हुन् ।

पाँच पटककी ग्रान्डस्लाम विजेता सारापोभा काँधको चोटबाट पिडित छन् । सन् २००४ मा १७ बर्षको उमेरमा पहिलो ग्रान्डस्लाम जितेकी सारापोभाले त्यसपछि कोर्टमा तहल्का पिटिन् । सन् २०१६ मा मेल्डोनियम नामक प्रतिबन्धित औषधि प्रयोग गरेको भन्दै उनलाई १५ महिना प्रतिबन्ध गरिएको थियो । प्रतिबन्धपछि पुनः टेनिसका फर्किएकी सारापोभालाई पुरानै फर्ममा आउन गाह्रो भयो ।

चोटकै कारण ३२ बर्षकै उमेरमा उनले कोर्ट छाड्ने संकेत गरेकी हुन् । सारापोभाले एक म्यागाजिनमा लेग लेग्दै अब टेनिस खेल्न नसक्ने बताएकी छन् । उनले भनेकी छन्, ‘म टेनिसका लागि नयाँ हुँ । पछिल्लो समय टेनिस मेरो लागि पहाड भयो । मलाई माफ गर्नुहोस् । म गुडवाई भन्न चाहन्छु ।’