२९ श्रावण २०८३, शुक्रबार
,
Latest
आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’ ‘ब्याट्री व्यवस्थापनमा सवारी आयातकर्ताले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ‘ ईभीको ब्याट्री दर्ता र ट्याक गर्ने सिस्टम आवश्यक छ: सुरेश श्रेष्ठ स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी ब्याट्री रिसाइक्लिङ आयातकर्ताले मात्रै गर्न सक्दैनन, छुट्टै कम्पनीमार्फत गर्नुपर्छ:आकाश गोल्छा प्रहरी अनुसन्धान र हिरासत व्यवस्थापनलाई सुदृढ बनाइँदै वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल २०२६ को अक्सनका लागि ३५० खेलाडीहरू सर्टलिस्टमा



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन अघि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले ३५० खेलाडीलाई छनोट गरेको छ।

१० टिममा ७७ खेलाडीका लागि स्थान खाली छन्। जसमा ३१ विदेशी स्लट पनि छन्।

यसका लागि १,३५५ खेलाडीले दर्ता गरेका थिए। अक्सन १६ डिसेम्बर, मंगलबार २ः४५ बजे सुरु हुनेछ।

डिकक पनि समावेश, पहिलो सूचीमा नाम थिएन

दक्षिण अफ्रिकी विकेटकिपर तथा ब्याट्सम्यान क्विन्टन डिककलाई पनि शर्टलिस्टमा राखिएको छ। पहिलाको प्रारम्भिक सूचीमा उनको नाम थिएन। तर एक फ्रेन्चाइजको सिफारिसपछि नाम समावेश गरिएको हो। हालै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास फिर्ता लिएर भारतविरुद्ध विशाखापट्टनममा शतक प्रहार गरेका थिए।

३३ वर्षका डिककको बेस प्राइस यसपटक १ करोड रुपैयाँ राखिएको छ। गत मेगा अक्सनमा उनलाई २ करोडमा केकेआरले किनेको थियो, तर यसपटक रिलिज गरियो।

उता, ३५० खेलाडीमध्ये ४० खेलाडीको बेस प्राइस २ करोड रहेको छ, जसमा वेंकटेश अय्यर र रवि बिश्नोई मात्र दुई भारतीय छन्।

अक्सनको सुरुवात क्याप्ड खेलाडीबाट

अक्सनको सुरुवात क्याप्ड खेलाडीहरूबाट हुनेछ। यी पाँच क्याटेगरीमा बाँडिएका छन्—

ब्याट्सम्यान

अलराउन्डर

विकेटकिपर–ब्याटर

तेज बलर

स्पिनर

यसपछि यिनै क्याटेगरीका अनक्याप्ड खेलाडीहरूको पालो आउनेछ।

पहिलो स्लटका ठूला नाम

पहिलो ब्याच (बीए१) ब्याट्सम्यानको हुनेछ, जसको अगुवाइ क्यामरून ग्रिनले गर्नेछन्। यसमा डेवोन कोन्वे, ज्याक फ्रेजर–म्याकगर्क, सरफराज खान, पृथ्वी श र डेभिड मिलर पनि छन्।

दोश्रो ब्याच (एएल१) अलराउन्डरको हुनेछ, जसमा वेंकटेश अय्यरलाई राखिएको छ।

एक्सिलरेटेड राउन्ड

७०औँ खेलाडी (अफगानिस्तानका वहीदुल्लाह जदरान) पछि एक्सिलरेटेड फेज सुरु हुनेछ। पछि ७१ देखि ३५० सम्म सबै खेलाडी छिटो–छिटो अक्सनमा आउनेछन्। त्यसपछि फ्रेन्चाइजहरूले पुनः अक्सनमा ल्याउन चाहेका खेलाडीहरूको नाम दिन सक्नेछन्।